आज :

नयाँ सरकार गठनबारे गगन थापाले गरे यस्तो खुलासा, को बन्दैछ नयाँ प्रधानमन्त्री ?

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबाटै नयाँ सरकार बन्ने खुलासा गरेका छन्।

गठबन्धनबाटै नयाँ सरकार बनाउने भनेर चुनावमा गएकोले निसन्देह गठबन्धनबाटै सरकार बन्ने उनले बताए।

कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको पुस्तक ‘बाटो बिराएको राजनीति’ को आज विराटनगरमा आयोजित विमोचन समारोहमा बोल्दै थापाले सरकार गठबन्धनबाटै बन्ने बताए।

‘सरकार गठबन्धनकै बन्छ। गठबन्धनको सरकार बनाउने भनेर हामीहरू निर्वाचनमा गएको हो। बहुमत पनि आएको छ,’ थापाले भने, ‘गठबन्धनको सरकार बन्नेमा कुनै सन्देह छैन। अहिले पनि केन्द्र र प्रदेशमा गठबन्धनकै सरकार छ।’

तर गठबन्धनको सरकार बन्दा नेताहरूले निजी कम्पनीजस्तो गरी भागबन्डामा चलाउन सक्ने खतरा रहेको पनि उनले बताए। त्यस्तो भागबन्डामा अलमलिने सरकार बनेमा जनताका काम नहुने उनको भनाइ थियो।

‘सरकार चलाउन नजान्ने अनि गाउँमा गएर साथीहरूलाई संगठन विस्तार गर भनेर मात्र हुन्छ?,’ उनले भने, ‘जनताको काम गर्ने सरकार चाहिएको छ।’

उनले नयाँ सरकार बन्दा के काम गर्ने हो भन्ने स्पष्टता, प्रतिवद्धता र पात्रसमेत उत्तम चाहिने बताए।

उनले अब बन्ने सरकारले अहिलेको अवस्था बुझेर काम गरेन भने अर्थतन्त्र सम्हाल्न नसक्ने अवस्थामा पुग्ने पनि बताए।

उनले गठबन्धनको सरकार अहिलेकै जस्तो गरी चलाउने र परिणाम दिन नसक्ने हो भने यसलाई बदल्न आँट गर्नुपर्ने बताए। बदल्न आँट गर्नेलाई उमेर कति भयो? बेला भएको छैन भन्न नहुने पनि उनी बताउँछन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal