आज :

अवैध शिक्षण संस्था संचालन गरेको आरोपमा प्रिन्सिपल/संचालक प्रहरीको नियन्त्रणमा

  • अनलाइन डबली

काठमाडौँ । अवैध शिक्षण संस्था संचालन गरी विद्यार्थी अभिभावबाट शुल्क असुलेको आरोपमा  भक्तपुर स्थित एक कलेजका प्रिन्सिपल/संचालकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।भक्तपुरको सूर्यविनायकस्थित सुवाल इन्टरनेशनल कलेजले नर्सिङ, फार्मेसी, एचए लगायत विषयमा अवैध शिक्षण संस्था संचालन गरी विद्यार्थी अभिभावबाट शुल्क असुल्दै आएको आरोपमा कलेजका प्रिन्सिपल/संचालक प्रकाश सुवाललाई आज भक्तपुर प्रहरीले नियन्त्रणमा हो।

चिकित्सा शिक्षा आयोगले  यी बिषयमा पठनपाठन गराउन आयोगबाट अनुमति लिनुपर्ने प्रावधान रहेको र कलेज संचालक सुवालले नियामक निकाय शिक्षा मन्त्रालय, आयोग, सीटीईभीटी, त्रिभुवन विश्वविद्यालय लगायत कहिकतै बात स्वीकृति नलिएको तथा सो बारे ति निकायले  अनविज्ञता जनाउँदै आएको जनाएको छ ।

कलेजका कर्मचारीले भने विद्यार्थीलाई अनुमति लिने प्रक्रियामा रहेको भन्दै पठनपाठनलाई निरन्तरता दिने आश्वसन दिँदै आएका छन् ।  कानुनमा  यस किसिमको शिक्षण संस्था संचालन गर्न पुर्व अनुमतिपछि मात्र कलेज स्थापना गरि भर्ना, पठनपाठन लगायत गतिविधि अघि बढाउन पाउने प्रवधान छ ।

संचालक सुवालले अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा पठनपाठन थालेका थिए भने इन्जिनियरिङ, चिकित्सा शिक्षा लगायतमा भर्नाका लागि सूचना आह्वान गरेको छ ।

यसैगरि आयोगले अनुमति प्राप्त नगरेका शिक्षण संस्थामा भर्ना नहुन विद्यार्थी र अभिभावकलाई सचेत गराएको छ ।आयोगले विज्ञप्ति प्रकाशन गर्दै केही शिक्षण संस्थाले अनुमति बिना नै विद्यार्थी भर्ना लिएको भन्दै ध्यानार्कषण भएको जनाएको छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal