
काठमाडौं । दोलखामा जारी मत गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका बालकृ्ष्ण कार्कीले झिनो मतले अग्रता लिएका छन् । रातिसम्म पछाडि रहेका कार्कीले केही अघिबाट अग्रता लिएका हुन् । उनले विहानसम्म अग्रता घटाउँदै लगेका थिए ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार ९३९ मत ल्याएका छन् भने माओवादीका कार्कीले ३३ हजार ९०९ मत पाएका छन् । कार्की शिवाकोटी भन्दा ३० मतले पछि परेका छन् ।
अब विगु गाउँपालिका १ (लामावगर), शैलुङ गाउँपालिका १ (दुधपोखरी), २ (भुषाफेदा,) मेलुङ गाउँपालिका १ (पवटी), गणना हुन बाँकी छ । बाँकी रहेका क्षेत्रबाट अग्रता लिने माओवादी नेताहरु बताउँछन् ।
यसअघि दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । एक लाख ६१ हजार चार सय ५० मतदाता रहेकोमा ८५ हजार तीन सय ८८ खसेको थियो ।