आज :

दोलखाको ताजा अवस्थाः माओवादीका कार्कीले ३३ हजार मत पाए, एमालेका शिवाकोटीले कति ?

  • अनलाइन डबली

काठमाडौं । दोलखाको मत गणना जारी छ । सोमबार विहानसम्म अर्थात अहिले भरखर प्राप्त मत परिणाम अनुसार नेकपा (माओवादी केन्द्र) नेता गंगा कार्कीले अग्रता कायमै राखेका छन् । कार्कीले ३३ हजार ६ मत पाएका छन् । कार्कीले आइतबार दिउँसोबाट पुनः अग्रता लिएका थिए ।

त्यसैगरी कार्कीलाई पछाइरहेका नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत पाएका छन् । उनी कार्कीभन्दा १८३ मतले पछाडि परेका छन् । शिवाकोटीले रातिभन्दा मतान्तर भने घटाएका छन् । आइतबार राति १८ सय मतान्तरले पछाडि परेका शिवाकोटीले सोमबार विहानसम्म मतान्तर घटाएर १८३ पुर्याएका छन् ।

मत गणनाको सुरुदेखि कार्कीले अग्रता लिएका थिए । तर शनिबार रातिदेखि एमाले उम्मेदवार शिवाकोटीले अग्रता लिएका थिए ।

मत गणना अन्तिम चरणमा पुगेको छ । अब विगु गाउँपालिका १ को लामावगर, २ को ओराङ र ३ बुलुङ र शैलुङ गाउँपालिका १ को दुधपोखरी र २ को भुषाफेदा तथा मेलुङ गाउँपालिका १ को पवटी र ३ माथिल्लो घ्याङको मत गन्न बाँकी छ ।

यसअघि दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । एक लाख ६१ हजार चार सय ५० मतदाता रहेकोमा ८५ हजार तीन सय ८८ खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal