आज :

कर्णाली प्रदेशमा माओवादीबाट राजकुमार शर्मा मुख्यमन्त्रीका उम्मेदवार

  • अनलाइन डबली

सुर्खेत । नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्रीका उम्मेदवार राजकुमार शर्मा हुने भएका छन् । वाम लोकतान्त्रिक  गठबन्धनमा कर्णाली प्रदेशमा माओवादी केन्द्रको भाग परे शर्मा मुख्यमन्त्री हुनेछन् । माओवादी केन्द्रका कर्णाली प्रदेशका एक नेताका अनुसार सातवटै प्रदेश सरकारको नेतृत्व शिर्ष तहमै टुंगो लाग्ने र कर्णाली प्रदेश आफ्नो भागमा परे शर्मालाई मुख्यमन्त्री बनाउन  माओवादी नेतृत्व तयार हुने देखिएको छ ।

माओवादीमा सिनियरताका आधारमा शर्मालाई मुख्यमन्त्रीको नेतृत्व दिइने ती नेताको भनाइ छ । माओवादी केन्द्रमा प्रत्यक्षबाट निर्वाचित ९ जना सदस्यहरुमध्ये शर्मा सबैभन्दा सिनियर नेता हुन् । शर्माले माओवादी केन्द्रको कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारी समेत बहन गरिसकेका छन् ।

२०४१ सालमा विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका शर्मा ०४७ सालदेखि नै राजनीतिमा पुर्णकालिन भएका थिए । त्यतिबेला युवा तथा विद्यार्थी संगठनको नेतृत्व गर्दै पुर्णकालिन राजनीतिमा आवद्ध भएका शर्माले २०५३ सम्म रुकुमको ग्रामीण वर्ग संघर्षको नेतृत्व गरेका थिए ।

त्यसपछि जनयुद्धको क्रममा २०५४ सालदेखि २०५८ सालसम्म कालिकोट, जुम्ला र मुगुमा गएर माओवादीको संगठन विस्तारसँगै संघर्षलाई उठाए । २०५८ देखि २०६१ सम्म शर्मा मुगु र हुम्लामा रहेर जनयुद्धको नेतृत्व गरे । त्यहाँको ग्रामीण वर्ग संघर्षसँगै जनयुद्धलाई नयाँ शिरामा उठाएका थिए । २०६१ देखि शान्तिकालसम्म शर्माले दैलेखमा माओवादी आन्दोलनको नेतृत्व गरे ।

शान्तिकालदेखि २०६७ सम्म उनी थारुवान राज्य (दाङदेखि कंचनपुरसम्म) मा जिम्मेवारी पूरा गरे । शर्माले त्यहाँ मोर्चा तथा पेशागत जनबर्गिय संगठनको साथै प्रचार बिभागको प्रमुख भएर काम गरे । २०६७ देखी २०७४ सम्म उनलाई नेवाराज्य (काठमाडौ उपत्यका) मा खटाइयो। त्यतिबेला उनले गणतान्त्रिक मोर्चाको प्रमुख तथा पार्टीको प्रचार बिभागको सदस्य भएर काम गरे भने कर्मचारी महासंघको सह-इन्चार्जको भुमिका समेत निर्बाह गरेका थिए ।

२०७४ सालमा पार्टीले फेरि उनको रुकुममा नै कार्यक्षेत्र निर्धारण गर्‍यो । शर्मालाई जिल्ला पार्टीको इन्चार्ज बनाइयो । उनी त्यतिबेला जिल्ला समन्वय समितिको प्रमुख समेत बने । शर्माले रुकुममा समाजवादी साँस्कृतिक आन्दोलनको नेतृत्व पनि गरे । अहिले माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य रहेका शर्मा पश्चिम रुकुम र डोल्पा जिल्ला इन्चार्ज हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal