आज :

‘अहिले नै गठबन्धन तोडेर कुर्सीकै लागि एमालेसँग मिल्न सकिँदैन’

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रले वाम लोकतान्त्रिक गठबन्धबाट दायाँबायाँ नगर्ने निष्कर्ष निकालेको छ । आइतबार पुनः बसेको पदाधिकारी बैठकमा नेताहरुको धारणा सुनेपछि अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य  गर्न नसकिने स्पष्ट पारेका हुन् ।

चुनावअघि गठबन्धन नेताहरुले दिर्घकालसम्म सहकार्य गर्ने सहमतिअनुसार नै अघि बढ्ने पहिलो प्रयास हुने एक नेताले बताए । उनले अहिले नै गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने पक्षमा माओवादी नरहेको बताए ।

त्यसैगरी माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरुले सत्ता गठबन्धनको विकल्प नखोजेको बताएका छन् । आइतबार पदाधिकारी बैठकपछि संचारकर्मीसँगको छोटो कुरा गर्दै गुरुङले भने, ‘अहिले गठबन्धनको विकल्पका बारेमा छलफल भएको छैन, गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भइहाल्यो ।’

गुरुङले सत्तारुढ गठबन्धनमा भएका दलहरुसँग छलफल नै नभएकोले गठबन्धन तोडिनुपर्ने कुनै कारण नभएको समेत बताए । उनले गठबन्धनमा विमति, असहमति भइसकेको अवस्था नभएको बताए ।

शनिबार बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएसँगै राजनीतिमा नयाँ तरंग ल्याएको थियो ।

यसैबीच भोलि नै गठबन्धनको बैठक बोलाइएको छ । बैठकमा चुनावी समिक्षा र नयाँ सरकार गठनबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पहलमा भोलि दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार हराउन काँग्रेसको एउटा पक्ष‍ले गठबन्धनमा अन्तरघात गरेपछि शिर्ष नेताहरुबीच चिसोपन बढेको थियो । गठबन्धनमा सोचेजस्तो परिणाम नआएपनि अहिले नै गठबन्धन टुटोस् भन्ने पक्षमा नेताहरु नभएको बताइएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।

माओवादीकाे भोटबाट कांग्रेसले ५७ सिट जितेपनि काँग्रेसकै एउटा पक्षले माओवादी केन्द्रका धेरै उम्मेदवारलाई भोट नहालेकाे नेताहरुले बताएका छन् । गठबन्धनमा गरेको प्रतिवद्धता काँग्रेस नेताहरुले पूरा नगरेकै कारण माओवादी आफ्नो प्रभाव क्षेत्रमा मात्रै सिमित हुन पुग्यो ।

दोलखामा अग्रता लिएको छ भने १७ सिटमा जित हात पारेकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal