आज :

दोलखाको ताजा मत परिणामः माओवादी नेता कार्कीले फेरि लिए अग्रता, शिवाकोटीले कति मत पाए ?

  • अनलाइन डबली

काठमाडौं । दोलखाको जारी मत गणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले फेरि अग्रता लिएका छन् । दुई हजार बढी अग्रता लिएका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई फेरि पछी पारेका छन् ।

यो समाचार तयार पार्दासम्म कार्कीले २१ हजार ४१२ मत पाएका छन्  । एमालेका शिवाकोटीले २१ हजार १४१ मत ल्याएर पछाइरहेका छन् । शिवाकोटी २७१ मतले पछि परेका छन् । सुरुवाती अग्रता लिएका कार्कीलाई शनिबार राति शिवाकाेटीले पछि पारेका थिए ।

आइतबार विहानसम्म शिवाकोटीले दुई हजार बढी मतले कार्कीलाई पछि पारेका थिए । शिवाकाेटीले निरन्तर अग्रता लिने एमालेका नेताहरुका अपेक्षा पूरा हुन सकेन । विहानबाट भीमेश्वरपछि वैतेश्वर गाउँपालिकाको मत गणना सुरु गरेपछि कार्कीले मतान्तर घटाउँदै लगे । बैतेश्वरको वडा नम्बर १, २, ३, ६ र ८ को गणना सकिँदा कार्कीले फेरि शिवाकोटीले अग्रता लिएका छन् ।

गौरीशंकर गाउँपालिकाको मत गणना हुँदा कार्कीले शिवाकोटीसँगको मतान्तर १ हजार ४३८ सम्म पुर्‍याएका थिए । तर कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिकाको मत गन्दा शिवाकोटीले मतान्तर घटाउँदै ल्याए । कालिञ्चोक गणना सकिँदा शिवाकोटीको कुल मत ६ हजार ७०० र कार्कीको ७ हजार ९९५ थियो । कार्की शिवाकोटी भन्दा १ हजार २९५ मतले अगाडि थिए ।

त्यसपछि जिरीका वडा नं ६, ७, ८ र ९ को समेत मतगणना सकिँदा कार्की र शिवाकोटीको मतान्तर १ हजार १६७ मा झर्‍यो । भीमेश्वर नगरपालिकाको गणनाका क्रममा भने शिवाकोटीले मतान्तर घटाउने मात्र होइन अग्रतासमेत लिए । भीमेश्वरको मत गनेर सकिँदा शिवाकोटीले कार्कीले भन्दा २०१५ बढी मत पाए ।

अब बैतेश्वरका ३ वटा वडा, तामाकोसी, मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मत गन्न बाँकी छ । स्थानीय तह निर्वाचनमा बिगु र शैलुङ माओवादी केन्द्र, मेलुङ एमाले र तामाकोशी नेकपा एकीकृत समाजवादीले जितेका छन् ।

प्रदेश सभामै खसेको अनुपातमा मत आए आफूहरूले चुनाव जित्ने भन्दै कार्की आशावादी छन् । प्रदेश सभा सदस्यका कांग्रेस उम्मेदवार कुन्दनराज काफ्ले तामाकोसी गाउँपालिकाबाट राम्रो मत पाएका छन् । सोही अनुसार कार्कीलाई पनि मत खसेको गठबन्धनका नेताहरुले आशा गरेका छन् ।

अब बिगुको मत नै निर्णयक हुने भएको छ । बिगुमा एमालेले हजार मत आउने अपेक्षा गरेकाे छ भने गठबन्धनका नेताहरुले पनि राम्रो भोट आउने बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal