आज :

दोलखामा एमालेका शिवाकोटीले गरे चमात्कार, माओवादीका कार्कीलाई १५ सय मतले पछि पारे 

  • अनलाइन डबली

काठमाडौं । दोलखामा जारी मत गणनामा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले चमात्कार गर्दै अग्रता लिएका छन् । सुरुदेति फराकिलो मतले पछि परेका शिवाकोटीले नेकपा माओवादीका गंगा कार्कीलाई १५ सय भन्दा बढी मतले पछि पारेका छन् ।

आइतबार विहानको ताजा परिणाम अनुसार एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गरेका छन् । माओवादीका कार्कीले १४ हजार ७१५ मत प्राप्त गरेका छन् । कार्कीलाई करिब १ हजार ५ सय ३ मतले पछि परेका छन् । अझै मत गणना भइरहेको छ ।

यसैबीच स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ५ हजार बढी मतान्तरले विजयी भएका छन् ।

शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । नेकपा एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत पाएकी छन् । अर्याल ५ हजार ६२७ को मतान्तर पराजित भइन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाउनु भएकाे छ । यस निर्वाचन क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेकाे थियाे । स्याङ्जा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।

त्यसैगरी स्याङ्जा २ अन्तर्गतको दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । स्याङ्जा २ (१) बाट भोजराज अर्याल र (२) बाट महेश भट्टराई निर्वाचित भएका हुन् । प्रदेश सभामा कांग्रेसका भोजराजसंग एमालेका मोहन रेग्मी र भट्टराईसंग बुद्विमान श्रेष्ठ पराजित भए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal