आज :

समानुपातिक मत गणनाः १ करोड ३ लाख ९२ हजार मत गणना, आयोगले भन्यो- ७ दल राष्ट्रिय पार्टी 

  • अनलाइन डबली

काठमाडौं । समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । यो समाचार तयार पार्दासम्म १ करोड ३ लाख ९२ हजारभन्दा बढी मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार एमालेले सबैभन्दा बढी २७ लाख ७९ हजार मत पाएको छ ।

त्यसैगरी नेपाली कांग्रेसले २६ लाख ४८ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार र जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएका छन् ।

एकीकृत समाजवादीले २ लाख ९४ हजार मत पाएको छ । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतपरिणामले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।

दोलखा, बाजुरा र स्याङ्जा भने मतगणना चलिरहेकाले त्यसको परिणाम आउन बाँकी छ । आयोगले आइतबारसम्म समानुपातिकतर्फको मतगणना सक्ने जनाएको छ । समानुपातिकमा दलहरुले पाएको मत सङ्ख्या अनुसार उनीहरुले बन्दसूचीमा पठाएका सांसदहरु निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरुले प्राप्त गरेको सङ्ख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम सङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनु पर्नेछ ।

त्यसो गर्दा एक तिहाइ महिलाहरुको सङ्ख्या भने राजनीतिक दलहरुले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको छ । ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधि सभामा समानुपातिकतर्फ ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकतर्फ एक सिट पनि पाउँदैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal