आज :

दोलखाको पछिल्लो मत परिणामः माओवादीका कार्कीको अग्रता कायमै तर मतान्तर ह्वातै घटाए शिवाकोटीले 

  • अनलाइन डबली

काठमाडौं । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । तर, शनिबार विहानसम्म आउँदा नेकपा एमालेका उम्मेदवारले मतान्तर ह्वातै घटाएका छन् । प्रतिनिधिसभामा मत गणनाको सुरुदेखि अग्रता लिएका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायमै राखेका छन् ।

शनिबार विहानसम्म मत गणना स्थलमा रहेका एक नेताका अनुसार कार्कीले ८ हजार ६०९ मत पाएका छन् । नेकपा एमालेका बालकृष्ण शिवाकाेटीले ७ हजार ९०९ मत पाएका छन् । केही शुक्रबार दिउँसाेसम्म दोब्बर मतले पछि परेका शिवाकाेटीले ह्वातै मतान्तर घटाएका छन् । शिवाकोटीकाे गृहपालिका कालिञ्चाेकलगायतका क्षेत्रकाे मत गणनाबाट शिवाकाेटीले मतान्तर घटाएका हुन् ।

त्यसैगरी दुबै प्रदेशसभा सदस्यमा पनि गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । तर एमाले उम्मेदवारले शनिबार विहानसम्म मतान्तर घटाएका छन् । प्रदेशसभा १ मा नेपाली काँग्रेसका कुन्दन राज काफ्ले ७,९६५ मत पाउँदाे एमालेका नरबहादुर श्रेष्ठले ६,८६९ पाएका छन् भने प्रदेशसभा २ मा काँग्रेसका वर्मा लामाले ८,८०९ मत पाउँदाे एमालेका भरतबहादुर के.सी. ८ हजार ६५८ मत पाएका छन् ।

मत गणना जारी रहेको बाजुरामा भने गठबन्धनका उम्मेदवार बद्रीप्रसाद पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पाण्डेले ११ हजार ९०८ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कर्णबहादुर थापाले ८ हजार ९७० मत पाएका छन् ।

त्यसैगरी स्याङजामा नेपाली काँग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिएका छन् । नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal