आज :

दोलखा ताजा अपडेट- एमालेका शिवाकोटीले घटाए मतान्तर, माओवादीका गंगा कति मतले गर्दैछन लिड ?

  • अनलाइन डबली

दोलखा । दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ ११८२९ मतगणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की अग्रता कायमै छ ।

कार्कीले ६ हजार ९७ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले ५ हजार २४८ मत ल्याएका छन् । शिवाकोटीले अहिले मतान्तर घटाउँदै लगेका छन् ।

यसअघि कार्कीले ५ हजार ४३४ मत ल्याउँदा शिवाकोटीले ३ हजार ८८९ मत प्राप्त गरी १ हजार ५४५ मतान्तर रहेको थियो । अहिले कार्की र शिवाकोटीले प्राप्त गरेको मतान्तर ८४९ मात्रै रहेको छ भने ४४९ मत बदर भएको छ ।

त्यस्तै प्रदेशसभा १ मा ९ हजार ३४६ मतगणना गर्दा कांग्रेसका कुन्दन काफ्लेको अग्रता कायमै रहेको छ । काफ्लेले ५ हजार ५ मत प्राप्त गर्दा एमालेका नरबहादुर श्रेष्ठले ३ हजार ३६० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा २८० मत बदर भएको छ ।

यता प्रदेशसभा २ मा कांग्रेसका बर्मा लामाले अग्रता कायमै राखेका छन् । लामाले ५ हजार ३६३ मत प्राप्त गर्दा एमालेका भरत केसीले ५ हजार १७५ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३५४ मत बदर भएको छ ।

यसैबीच आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ ।

विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रयासरत रहँदा हालै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्नुपर्ने हुन्छ ।

जसअनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दलको मान्यता पाउने पक्का भइसकेको छ भने एकीकृत समाजवादी प्रयासरत छ ।

राष्ट्रिय दल बन्न के पाइन्छ सुविधा ?
संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय दलको मान्यता पाउन पार्टीले संसदमा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको मान्यता पाउने पार्टीको प्रमुख सचेतकले सचिवालय र कर्मचारीसहित गाडीको सुविधा पाउँछन् ।

यसैगरी राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी आफ्नो चुनाव चिह्न कायम राख्ने सुविधा पाउँछन् भने राष्ट्रिय दलको मान्यता पाउँदा प्राप्त मतअनुसार मतपत्रमा चुनाव चिह्न पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal