आज :

कांग्रेससंग सरकारमा जाँदै जनमत पार्टी, सिके राउत र देउवाबीच भयो यस्तो सहमति

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो।

भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीटरमार्फत् जानकारी दिएका छन्। ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेखेका छन्।

निधि र राउतबीच बुधबार भेटवार्ता भएको थियो। त्यहाँ राउतले मधेस प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव राखेका थिए।

यसैबीच कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले कैलालीमै छिन्।

उनी एक साता अझै कैलालीमै बस्ने छन्। अध्यक्ष श्रेष्ठ कैलालीमै रहेका बेला सत्तारूढ दलका शीर्ष नेताले भने काठमाडौंमा सरकार बनाउनेबारे उनको दलका नेतासँग कुरा गरिरहेका छन्।

जेलमा रहेका पूर्वसांसद रेशम चौधरीलाई विभिन्न दलका नेताहरूले छुट्टाछुट्टै भेटेका समाचार सार्वजनिक भएका छन्। उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले आफूले नै नेताहरूलाई रेशमसँग भेट्न भनेको बताइन्। रञ्जिता र रेशम श्रीमान्-श्रीमती हुन्।

‘म पार्टीको अध्यक्ष भए पनि रेशमजी पार्टीको संस्थापक हो। कोही नेताहरूले मसँग कुरा गर्न खोजे म रेशमजीसँगै कुरा गर्नुस् भनिदिन्छु,’ रञ्जिताले भनिन्,‘उहाँहरूले भेटघाट गरेको कुरा मैले पनि मिडियाबाट सुनिरहेकी छु।’

आफ्नो दल कुनै पनि गठबन्धनको सरकारमा सहभागी हुन पहिला आफूहरूका माग सम्बोधन हुनुपर्ने उनले बताइन्।

‘रेशमजी लगायत राजबन्दीहरूलाई रिहाइ गर्नुपर्ने हाम्रो प्रमुख माग हो। त्यो माग पूरा गर्न कुन दलसँग सहज हुन्छ, हामी उसैलाई समर्थन गर्छौं,’ रञ्जिताले भनिन्,‘अहिलेसम्म कुन दललाई सघाउने भन्नेबारे निर्णय भइसकेको छैन।’

२०७२ भदौको टीकापुर घटनामा रेशम चौधरी दोषी थिएनन् भन्ने सन्देश जनताले तीन पटकका चुनावबाट दिइसकेको उनको भनाइ छ।

‘२०७४ को चुनावमा यहाँ जनताले रेशमजीलाई अत्याधिक मत दिए। २०७९ वैशाखको चुनावमा हाम्रो दलले कैलालीका ४ पालिकामा जित हात पार्‍यो,’ रञ्जिताले भनिन्,‘अहिले हामीले ४ सांसद जितेका छौं। जनताले मतका माध्यमबाट बारम्बार रेशमजी निर्दोष हुन् भन्ने सन्देश दिइसके। जनताको यो सन्देश राज्यले सुन्छ भन्ने हाम्रो अपेक्षा छ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal