
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पनि राष्ट्रिय पार्टी बन्ने लाइनमा पुगेको छ । विहीबार विहानसम्म समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहान ९ः०० बजेसम्मको मतपरिणाम अनुसार एकीकृत समाजवादीले २ लाख ९२ हजार बढी मत ल्याएको छ । निर्वाचन आयोगका अनुसार एकीकृत समाजवादीले २ लाख ९२ हजार २०२ मत पाइसकेको छ ।
मत गणना सुरु भएको स्याङजा र गणनाको तयारी भइरहेको बाजुराबाट पनि समानुपातिक मत थपिने नेताहरुले बताएका छन् । त्यस्तै, आज फेरि चुनाव भइरहेको दोलखाबाट पनि एकीकृत समाजवादीको सम्मान जनक मत आउने बताइएको छ । अहिलेकै जसरी मत आए एकीकृत समाजवादी पनि राष्ट्रिय पार्टी बन्ने भएको छ ।
बिहानसम्म नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थानमार छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५९१ मत छ । त्यस्तै रवि लामिछानेको पार्टीले ११ लाख ६ हजार ९१ मत पाएको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ। सिके राउतको जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाएको छ ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि राष्ट्रिय पार्टी बन्ने संघर्षमा रहेको छ । उसले २ लाख ६८ हजार ७१६ पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६० हजार ९८१ मत पाउँदा नेपाल मजदुर किसान पार्टीले ७३ हजार ९६४ मत पाएको छ । हाम्रो नेपाली पार्टीले ५४ हजार २२४ मत पाएको छ भने मंगोल नेशनल अर्गनाइजेशनले ४७ हजार ९०५ मत पाइसकेको छ भने राष्ट्रिय जनमोर्चाले ४६ हजार १७९ मत पाएको छ ।