आज :

एकीकृत समाजवादी थ्रेस होल्ड नजिक, अब कति भोट आवश्यक ?

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) थ्रेस होल्ड नजिक पुगेको छ । बुधबार विहानसम्मको समानुपातिक मत गणनाको नजिता अनुसार एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने बलियो सम्भावना बढेको छ । दुई दिनअघिको भन्दा अहिले एकीकृत समाजवादीले राम्रो मत पाइरहेको छ ।

यो समाचार तयार पार्दासम्म एकीकृत समाजवादीले २ लाख ८२ हजार २६२ मत ल्याएको छ । सबै मत गणना हुँदा उसलाई अब बढीमा २० हजार मत आवश्यक पर्न सक्ने बताइएको छ । पछिल्लो नजिता अनुसार एकीकृत समाजवादीले मत पाउनेमा नेताहरु विश्वास गरेका छन् ।

अहिलेसम्म नेकपा एमालेले २६ लाख ९६ हजार ५७५ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २५ लाख ५३ हजार ९४ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ४३ हजार ८९४ मत प्राप्त गरेको छ ।

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत सहित चौंथो स्थानमा रहेको  छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मत सहित चाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७ पाएको छ भने सिके राउतको जनमत पार्टी ३ लाख ४९ हजार ३५२ मत सहित राष्ट्रिय पार्टी बन्ने भएको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ५९ मत पाएको छ ।

अब बाजुरा, स्याङजा दोलखाको मत गणना हुन बाँकी छ भने सुनसरी-४ को स्थगित मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार सत्ता गठबन्धनबाट उम्मेदवार बनेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार कार्कीले २४ हजार ५६१ मत ल्याएका छन् । नेकपा एमालेका जगदीश कुसियतले २४ हजार ३३७ मत ल्याएका छन् । कार्की कुसियतभन्दा २२४ मतले अगाडि छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal