आज :

उदयपुर- १ मा परराष्ट्रमन्त्री खड्का विजयी, अब चार क्षेत्रको मात्रै परिणाम आउन बाँकी

  • अनलाइन डबली

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. नारायण खड्का विजयी भएका छन् । उदयपुर–१ मा खड्का नेकपा एमालेकी मञ्जू चौधरीलाई २ हजार ३७९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । परराष्ट्र मन्त्रीसमेत रहेका खड्काले ३१ हजार २७० गरेका थिए भने एमालेकी चौधरीले २८ हजार ८९१ मत पाएकी थिइन् ।

भरखरै प्राप्त समाचार अनुसार सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २६ हजार १ सय ४४ मत सहित कार्कीले अग्रता लिएका छन् भने एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ९ सय २२ मतसहित पछ्याइ रहेका छन् ।

अब चारवटा निर्वाचन क्षेत्रको मात्रै नजिता आउन बाँकी छ । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सुनसरी ४ मा मतगणना भइरहेको छ भने दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन ।

सुनसरी ३ को नजितासँगै नेपाली काँग्रेसले ५४ सिट हात पारेको छ भने नेकपा एमाले ४४ र नेकपा माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal