आज :

देउवाले बनाए नयाँ रेकर्ड, ओली र प्रचण्डसमेत चकित

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संसदीय इतिहासमा जितको नयाँ रेकर्ड बनाएका छन्। एकै निर्वाचन क्षेत्रबाट लगातार सातौं पटक प्रतिनिधि सभा चुनाव जित्ने रेकर्ड देउवाका नाममा बनेको हो।

लगातार ६ पटक चुनाव जितेर सातौं पटक चुनावमा होमिएका कांग्रेसकै नेता विजयकुमार गच्छदार भने सुनसरी-३ मा पराजित भए। देउवाले भने गृह जिल्ला डडेल्धुराबाट २०४८ सालदेखि भएका सबै चुनावमा जित्दै आएका छन्।

७७ वर्षका देउवा यसपालि २५ हजार पाँच सय ३४ मतसहित डडेल्धुराबाट निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मतसहित पराजित भएका थिए। देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका चुनावमा गरी लगातार सातौं पटक चुनाव जितेका हुन्। यसबीचमा देउवा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसमेत भए।

पहिलो पटक २०४८ सालमा चुनाव जितेपछि उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको गृहमन्त्री भएका थिए। त्यसपछि २०५१ मा देउवा प्रधानमन्त्री बने। त्यसपछि देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। अब नयाँ बन्ने सरकारमा पनि देउवा नै प्रधानमन्त्री भएमा उनी छैटौं पटक प्रधानमन्त्री हुनेछन्।

देउवा २०५२, २०५८, २०६१, २०७४, २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। देउवा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका हुन्। २००३ सालमा डडेल्धुरामा जन्मिएका देउवा २०२२ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए। २०२७ सालपछि उनी नेविसंघको सभापति बने। उनी लगातार करिब १० वर्ष नेविसंघ सभापति भएका थिए।

देउवा करिब ९ वर्ष जेल परेका छन्। पञ्चायत विरोधी आन्दोलनका बेला र ज्ञानेन्द्र शाह राजा भएका बेला देउवा जेलमा परेका थिए। २०४६ सालदेखि भने देउवाले कांग्रेसको सुदूरपश्चिम क्षेत्रको कमाण्ड समाल्दै पार्टी राजनीतिलाई अघि बढाएका थिए।

देउवाले २०५९ सालमा नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। यो पार्टी २०६४ मा नेपाली कांग्रेससँग मिल्यो। देउवा २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए। उनी २०७७ असार २८ मा पाँचौं पटक प्रधानमन्त्री भएका थिए। उनको नेतृत्वमा वैशाखमा स्थानीय र मंसिर ४ मा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal