आज :

सार्बजनिक सडकमा स:शुल्क पार्किंग हटाउने काठमाडौँ महानगरको तैयारी

  • अनलाइन डबली

काठमाडौँ। काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा सःशुल्क पार्किङ हटाउने भएको छ । न्युरोड र दरबारमार्ग क्षेत्रका ब्याबसायिक भबनको बेसमेन्टमा पार्किङको व्यवस्था गरेलगत्तै यी क्षेत्रका सार्वजनिक सडकमा रहेका पार्किङ हटाउने भएको हो ।

कामपाले मङ्सिर २२ गतेपछि काठमाडौं मलको बेसमेन्ट खाली गर्ने र सो क्षेत्रमा न्युरोड क्षेत्रको पार्किङ व्यवस्था गर्ने गरी सःशुल्क पार्किङ हटाउन लागेको काठमाडौँ महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनु भयो ।

बेसमेन्ट खाली गर्न सूचना जारी गरेको ९० दिन पूरा भएलगत्तै ठूला भवनमा फेरि कारबाही शुरू गरेर ती भवनमा पार्किङ व्यवस्थापन गर्न लागेको नगर प्रहरी  प्रमुख पाण्डेले बताउनु भयो।
महानगरले दिएको समय सिमा यहि मङ्सिर २२ गते पुरा भए पश्चात न्युरोड, पुतलीसडक, वागबजार, बालाजु, बानेश्वर, कोटेश्वर, सोह्रखुट्टे, दरबारमार्ग, माछापोखरी, कलंकी, कालिमाटी, कुलेश्वर, चाबहिल, गौशाला, पुरानो बानेश्वरलगायत व्यापारिक क्षेत्रमा रहेको ठूला भवनको बेसमेन्टमा पार्किङ गर्न मिल्ने गरी सडकको पार्किङ हटाउने तैयारी छ।

न्युरोड क्षेत्रको सार्बजनिक सडकमा गरिदै आएको स : शुल्क पार्किंग

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal