काठमाडौँ । पूर्व पत्रकार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको अमेरिकन स्वतन्त्र पार्टीको विचार र चुनाव चिन्ह मिलेपछि चौतर्फी प्रश्नहरु खडा भएका छन् । केही वाम बुद्धिजीविहरुले रविले अमेरिकाको एजेन्ट भएको आरोप लगाउँदै आएका थिए । अहिले पश्चिमा शक्ति केन्द्रहरुकै योजनामा रविले पार्टी बनाएको उनीहरुले दाबी गरिरहेका छन् । यही बेला अमेरिकन स्वतन्त्र पार्टी र रविको पार्टीको चुनाव चिन्ह, विचार, नीति तथा कार्यक्रम मिलेको सार्वजनिक भएको छ ।
पत्रकार किशोर श्रेष्ठले मंगलबार सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै नाम, नीति, विचार, समय र चुनाव चिन्ह कसरी मिल्न गयो होला भन्ने प्रश्न गरेका छन् । उनले अमेरिकन स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीसहितको झण्डासहित स्टाटस लेखेका हुन् ।
पत्रकार श्रेष्ठले लेखेका छन्, “सन् २००९ को मङ्ग्सिर महिनामा चुनाव लड्नलाई खुलेको अमेरिकन स्वतन्त्र पार्टी र यही मंसिरमै चुनाव लड्नेगरी गत असोजमा नेपालमा खोलिएको राष्ट्रिय स्वतन्त्र पार्टीवीच नाम, नीति, विचार, समय, चिन्ह (घण्टी) सबै कसरी ठ्याक्कै मिल्न गएको होला ? यो कस्तो संयोग होला ?
श्रेष्ठको स्टाटसमा कमेन्ट गर्दै धेरैले रवि पश्चिमा शक्ति केन्द्रहरुले अगाडि सारेको व्यक्ति भएको उल्लेख गरेका छन् । कसैले रविको पक्षमा समेत मत जाहेर गरेका छन् । उनीहरुले रविले छोटै समयमा राम्रो जनमत बटुलेको समेत बताएका छन् ।
यस्ता छन् केही प्रतिनिधिमूलक भनाईहरुः गौतम सुदन नाम गरेका व्यक्तिले, ‘रबि अमेरिकन एजेन्ट हुन्’ लेखेका छन् । त्यस्तै पत्रकार तथा लेखक दुर्गा भण्डारी लेख्छन् ‘अमेरिकामा नेशनल डेमोक्रेटिक पार्टी र नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी को पनि नाम त ठ्याक्कै उस्तै छ पहिले पहिले राप्रपाको महाधिवेशनमा अमेरिकी नेशनल डेमोक्रेटिक पार्टीको प्रतिनिधि पनि आउँथे। अब रविजी त अमेरिकी नागरिक भएर आएको मान्छे यति नमिल्नु के छ र सर ?’
त्यसैगरी शर्मा विरोध त्रिपाठी नाम गरेका व्यक्ति लेख्छन् – अमेरिकन लामकानेले फेरि नयाँ काम थपदेछ । खोज पत्रकारिता पुरस्कार यो पाली पक्का हुने देखियो है सर ।
त्यस्तै, मनोज श्रेष्ठले भारतीय चोर्नुभन्दा चारेपछि अमेरिकाकै चोर्ने नी भनेका छन् । विष्णु रिजालले ‘अमेरिका बसेर फर्किएका व्यक्तिको स्वाभाविक र सामान्य मान्नुपर्छ, अब गर्ने काम कसरी अगाडि हुन्छन् हेराउ’ भनेर लेखेका छन् । सुवास पौडेलले ‘अमेरिकाको सेना आउछ अब, गगन थापालाई नि सघाको छ झनै’ भनेर लेखेका छन् ।
त्यसैगरी दिपेन्द्र कोइरालाले ‘उतै बसेर नेपाल आएको हो नी घण्टी’ भनेर लेखेका छन् । श्याम सुन्दर गिरीले ‘अमेरिकाकै सेटिङ’ भन्ल्र कमेन्ट गरेका छन् । नवराज वस्तीले ‘उतैको बिउ हो भन्ने धेरैले नुबझेको कुरा हो यो’ लेखेका छन् । यस्ता धेरै कमेन्टहरु छन् ।


अनलाइन डबली



