आज :

सर्वोच्चको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेपछि…

  • अनलाइन डबली

काठमाडौँ । सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारबादी हुन् ।

बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal