आज :

खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन छलफल !

  • अनलाइन डबली

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा वाम लोकतान्त्रिक गठबन्धनलाई बहुमत जुटेसँगै मुख्यमन्त्री खगराज भट्टको नाम चर्चामा आएको छ । भट्ट नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य पनि हुन् । डडेल्धुरा प्रदेशसभा १ बाट फराकिलो मतले विजयी भट्टलाई मुख्यमन्त्री बनाउने शिर्ष नेताहरुबीच छलफल भएको समेत बताइएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार भट्टलाई मुख्यमन्त्री बनाउन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक भएको दाबी गरे । उनले गठबन्धनको सरकार बन्ने र मुख्यमन्त्री भट्ट नै हुने बताए । भट्टले १२ हजार ११२ मतसहित नेकपा एमालेका पठानसिंह बोहरालाई पराजित गरेका थिए । भट्टलाई मुख्यमन्त्री बनाउनेबारे काँग्रेस र माओवादीका दाेस्राे तहका नेताहरुले छलफल थालेको बताइएको छ । तर केन्द्रको सरकारको सहमतिपछि मात्रै प्रदेश सरकारले पूर्णता पाउने नेताहरु बताउँछन् ।

प्रदेशसभा सदस्यमा निर्वाचति गठबन्धन दलका सबैभन्दा सिनियर नेता नै भट्ट भएकोले पनि शिर्ष नेताहरु पनि सकारात्मक भएको बताइएको छ । त्यस्तै, नेपाली काँग्रेसबाट कञ्चनपुर–२ को (२) बाट प्रदेशसभामा निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुर–१ को (२) बाट निर्वाचित दिवानसिंह विष्ट र कैलाली–२ को (१) बाट निर्वाचित कमल शाह र कैलाली–५ को प्रदेशसभा (२) बाट विजयी भएका प्रकाशबहादुर देउवा पनि मुख्यमन्त्रीका दाबेदार रहेका छन् ।

गठबन्धनकाे भागबण्डाको क्रममा नेपाली काँग्रेसले मुख्यमन्त्री पाउने अवस्थामा सबैभन्दा बढी सम्भावना प्रकाशबहादुरको रहेको काँग्रेस नेताहरु बताउँछन् । उनी प्रधानमन्त्री देउवाका भतिजा समेत हुन् ।

अब सुदूरपश्चिममा बाजुराको मात्रै मत परिणाम आउन बाँकी छ । प्रदेशसभाका प्रत्यक्षतर्फ नेपाली काँग्रेसले ११ सिट जितेको छ भने ८ सिट नेकपा माओवादी केन्द्रले । यसमा बाजुराको सिट थपिने गठबन्धन दलका नेताहरुको दाबी छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा २ सिट जितेको छ । ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउने २७ सिट आवश्यक पर्छ । प्रत्यतर्फको ३० मा २१ जितेको गठबन्धनले समानुपातिकतर्फको मतपरिणाम आएपछि सजिलै बहुमत जुटाउने देखिएको छ । निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेसले २ लाख २६ हजार १७० र माओवादी १ लाख १३ हजार ८६२ मत ल्याएर तेस्रो भएको छ । गठबन्धनको अर्को दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ३९ हजार ९५५ मत पाएको छ । यसले पनि गठबन्धनको सुविधाजनक सरकार बन्ने देखिएको छ ।

यसअघि माओवादी केन्द्रले यो प्रदेशमा पाँच वर्ष सरकारले चलाएको थियो । मुख्यमन्त्री त्रिलोचन भट्ट यसपटक चुनावी मैदानमा उत्रिएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal