आज :

फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदै, काे को भिड्छन् ?

  • अनलाइन डबली

काठमाडौं । विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । समूह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्यान्ड्स र कतार खेल्दैछन् ।

यी दुई खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछन् । यो खेलबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुङ्गो लाग्नेछ । त्यस्तै, आज हुने दोस्रो दुई खेलमा समूह ‘बी’ का इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्डबीच खेल हुनेछ ।

यी खेल राति पौने १ बजे सुरु हुनेछन् । साथै समूह ‘बी’ बाट अन्तिम–१६ मा पुग्ने दुई देशको टुङ्गो लाग्नेछ । विश्व कप फुटबलमा पोर्चुगल, ब्राजिल र फ्रान्स अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । यस्तै गएराति भएको खेलमा ब्राजिलले स्विट्जरल्यान्डलाई १–० गोलले हराउँदै अन्तिम १६ मा पुगेको हो ।

यसअघि साेमवार भएकाे दाेस्राे खेलमा घानाले दक्षिण काेरियालाई हराएकाे थियो । एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा घानाले दक्षिण काेरियालाई ३–२ गाेलले हरायाे । पहिलाे हाफमा घानाले २–० काे अग्रता लिएकाे थियाे । उसका लागि माेहम्मद सलिसुले २४ औँ र माेहम्मद कुदुसले ३४ औँ मिनेटमा गाेल गरे ।

दाेस्राे हाफकाे ५८ औँ र ६१ औँ मिनेटमा चाे ग्यु सङले गाेल गर्दै दक्षिण काेरियालाई खेलमा फर्काउने सङ्केत गरेका थिए । तर ६८ औँ मिनेटमा घानाका कुदुसले व्यक्तिगत दाेस्राे गाेल गर्दै टाेलीलाई ३–२ काे जित दिलाए । याे जितसँगै घाना तीन अङ्कसहित समूह ‘एच’ काे दाेस्राे स्थानमा उक्लिएकाे छ । दक्षिण काेरिया एक अङ्कसहित तालिकाकाे पुछारमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal