आज :

समानुपातिक मत परिणामः माओवादी केन्द्र ११ लाख नजिक, एमालेको कति मतले अघि ?

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधि सभाकाे समानुपातिक मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार मंगलबार विहानसम्म ९४ लाख ९६ हजार ७१४ मत गणना भइसकेको छ । जसमा सबैभन्दा धेरै मत ल्याएर नेकपा एमाले पहिलो स्थानमा  छ भने नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

आयोगका अनुसार एमालेले २५ लाख ७० हजार ८२३ मत ल्याएको छ भने नेपाली काँग्रेसले २४ लाख ३८ हजार ६४४ मत ल्याएको छ । सोमबार चौंथोमा झरेको नेकपा माओवादी केन्द्रले ११ लाख नजिक मत पुर्याएको छ । माओवादी केन्द्रले १० लाख ९४ हजार मत ल्याएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार मत ल्याएको छ । पाँचौंमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार ४९ हजार १९८ मत ल्याएको छ । त्यस्तै, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ४५ हजार १७ मत ल्याएको छ । सिके राउतको जनमत पार्टीले २ लाख ८८ हजार २१६ मत ल्याएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनकाे साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अहिलेसम्म २ लाख ६२ हजार ८८४ मत ल्याएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १८५ मत ल्याएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३१ हजार ४६३ मात्रै मत ल्याएको लोसपा पनि राष्ट्रिय पार्टी नबन्ने पक्का भएको छ ।

अब तीन जिल्लाको परिणाम आउन बाँकी छ । उदयपुर, दोलखा  र बाजुराको मत परिणाम आउन बाँकी छ । दोलखाका १० स्थानमा पुनः मतदान हुने भएको छ भने उदयपुरमा स्थगित मत गणना पुनः सुरु गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal