आज :

गोकर्ण विष्टसँग हारेपछि एमाले नेताहरु भेट्न पुगिन रामकुमारी, फेसबुकमा यस्तो तस्विर राखेपछि नेकपा एसभित्र तरंग

  • अनलाइन डबली

काठमाडौँ  नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री चर्चाको आइरहने पात्र हुन् ।

एकपटक मन्त्री समेत भएकी झाँक्री सत्तामा हुँदा होस् या पार्टी जीवनमा हुँदा नै किन नहोस् चर्चाको पात्र रहिरहिन् । उसो त उनी सत्तामा हुँदा आलोचित पनि नभएकी होइनन् । माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेपछि सो पार्टीतिरै लागेकी रामकुमारी यतिबेला फुर्सदमा छिन् ।

फुर्सद यसकारण कि उनी गुल्मी २ बाट एमालेका गोकर्ण विष्टसँग पराजित हुन पुगिन् । विजयी उम्मेदवार विजय जुलुससहित गाउँगाउँमा धन्यवाद दिन व्यस्त भइरहेका बेला उनी भने फुर्सदमा रहेकी हुन् ।

यही क्रममा उनले भैरहवा विमानस्थलमा हुँदाको फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराई देखिएका छन् ।

दुई नेताको बीचमा देखिएकी उनले फेसबुकमा फोटोसहित लेखेकी छन्, ‘तस्बिरमा सन्देश छ ।’ उनले के सन्देश हो भन्ने त खुलाएकी छैनन्, कतिपयले झाँक्री फेरि एमालेमा फर्किन लागेको त होइन भन्ने अड्कल काटेका छन् ।

यस विषयमा थप बुझ्न खोज्दा उनले फोन उठाइनन् । उनले भनेजस्तै झाँक्रीले के सन्देश दिन खोजेको हुन् त्यो भने खुल्दै जाला नै ।

स्मरणरहोस्, झाँक्री एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा आएकी नेतृ हुन् । झाँकीको तस्विरले नेकपा एसभित्र तरंग उत्पन्न भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal