आज :

महेन्द्रसंग भकाभक मतान्तर घटाउँदै रघुवीर महासेठ, कसको कति ? यस्तो छ ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौँ । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले भकाभक मतान्तर घटाएका छन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव अघि छन्। यादवसँगको मतान्तर रघुवीरले घटाउँदै लगेका छन्।

अहिले कांग्रेसका यादवको मत २८ हजार ६ सय ५५ छ भने एमालेका रघुवीरको मत २७ हजार ९ सय १० छ। यहाँ महेन्द्र ७४५ मतान्तरले अघि छन्। मतगणना जारी छ।

यस्तै मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेको छ । यस्तै बाजुरा, स्याङ्जा २ र दोलखाको मत मतगणना भएको छ ।

बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ भने बाजुरामा मतगणना हुन सकेको छैन ।

मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि त्यहाँ तनाव हुँदै आएको छ । यस्तै स्याङ्जामा बुथ कब्जा भएको दाबीका बीच पुनः मतदान गर्ने या के गर्ने भन्नेमा आयोगले निर्णय गरिसकेको छैन ।

हालसम्म मतगणना भइरहेका ४ स्थानमध्ये उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता छ । यसतै धनुषा २ मा कांग्रेसकै महेन्द्र यादव तथा सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीको अग्रता छ । यस्तै सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal