आज :

काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर चलेपछि तनाव, व्यापक प्रहरी परिचालन, बालेनबिरुद्ध नाराबाजी

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलेपछि तनाव भएको छ ।

काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो ।

तर, सो बस्तीमा मानिसहरूले भने डोजर चलाउने नदिएर काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन ।

डोजरको प्रतिकार गर्न इँट्टासमेत प्रहार भइरहेको छ । अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ । स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन् । उनीहरुले मेयर बालेनबिरुद्ध नाराबाजी समेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, प्रदर्शनकारीहरूले भने विकल्प नभई नदिई आफूहरू सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन् ।

उनीहरूले डोजर चलाउने डरले आफूहरूको सामान भने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् । स्थानीयको प्रतिकारपछि त्यो क्षेत्रमा व्यापक प्रहरी खटाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal