आज :

धनुषा-४ मा महेन्द्रलाई पछि पार्दै रघुवीर महासेठ अगाडी, कति छ मतान्तर ? यस्तो आयो ताजा अपडेट

  • अनलाइन डबली

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचीव रघुवीर महासेठले अग्रता लिएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई उछिन्दै महासेठले ३४ मतले अग्रता लिएका हुन्।

हालसम्म भएको मतगणनामा महासेठले २४ हजार ४८२ मत ल्याएका छन्। यादवले भने २४ हजार ४४८ मत ल्याएका छन्। अब मिथिला नगरपालिकाका ११ वटा वडाको मतगणना बाँकी छ।

मिथिला नगरपालिकामा १९ हजार ९०८ मत खसेको छ। त्यस्तै इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई २५०२ मतले पछि पारेका छन्।

मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका बस्नेतले २४ हजार ३०४ मत प्राप्त गर्दा खनालले २१ हजार ८०२ मत पाएका छन्। यो क्षेत्रमा गणना जारी छ।

उता लुम्बिनी प्रदेशसभामा १९ जना दोहोरिएका छन् । २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएकामध्ये १९ जना हालै सम्पन्न निर्वाचनमा पनि विजयी हुँदै दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् ।

एमालेका ९, नेपाली कांग्रेसका ५, माओवादी ४ र लोसाका १ जना दोस्रो कार्यकालका लागि चुनिएका हुन् । ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ १८ सिट जितेको एमालेमा आधा सांसद पुराना छन् ।

एमालेबाट दोहोरिएर प्रदेशसभा सदस्य हुनेमा लीला गिरी–रुपन्देही २(१), भोजप्रसाद श्रेष्ठ–रुपन्देही २(२), तुलसीप्रसाद चौधरी–रुपन्देही–३(२), भुमिश्वर ढकाल–रुपन्देही ५(१) छन् । यस्तै चेतनारायण आचार्य–अर्घाखाँची १(२),रामजीप्रसाद घिमिरे–अर्घाखाँची १(२), विष्णु पन्थी–कपिलवस्तु १(१), दिनेश पन्थी–गुल्मी २(२) र अर्जुनकुमार केसी–कपिलवस्तु २(१) छन् ।

यस्तै पहिलो पटक प्रदेशसभा सदस्य हुनेमा एमालेका चिन्तामणि पाण्डे–गुल्मी १(१), डिल्लीराज भुसाल–गुल्मी २(१) राजुप्रसाद श्रेष्ठ–पाल्पा १(१) र खेमबहादुर सारू –पाल्पा १(२) छन् । यस्तै, मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १(२),नवराज लामिछाने– कपिलवस्तु ३(१), तुलसीराम शर्मा–प्युठान १(१), दुर्गाप्रसाद चौधरी–बाँके १(२) र रत्नबहादुर खत्री–बाँके ३(१) पनि पहिलो पटक प्रदेशसभा जाँदैछन् ।

यस्तै नेपाली कांग्रेसबाट २०७४ सालमा प्रत्यक्ष र समानुपातिकबाट प्रदेशसभा सदस्य भएकामध्ये ९ जना यस पटक चुनावी मैदानमा गएका थिए । जसमध्ये ५ जना दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित भएका छन् । रुपन्देही १(२)बाट वसिउद्दिन खां, दाङ २(२)बाट डिल्लीबहादुर चौधरी, बर्दिया १(१)बाट भुवनेश्वर चौधरी, पाल्पा २(१) बाट वीरबहादुर राना, नवलपरासी २(२)बाट बैजनाथ कलवार जैसवाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वसिउद्दिन खाँ लुम्बिनी प्रदेशका शिक्षा मन्त्री हुन् भने डिल्लीबहादुर चौधरी सहरी विकास र वीर बहादुर राना जलस्रोत मन्त्री हुन् ।

नेपाली कांग्रेसबाट पहिलो पटक प्रदेशसभा प्रवेश पाउनेमा अब्दुल रज्जाक गद्दी–रुपन्देही १(२), विश्व प्रेम पाठक–नवलपरासी १(१), देवकरणप्रसाद कलवार– नवलपरासी १(२), सुधाकर पाण्डे –कपिलवस्तु २(२), सरोज थापा (रोज राणा)–प्युठान १(२), अनुराग खड्का–दाङ १(२), राजु खनाल–दाङ २(१), प्रचण्ड विक्रम न्यौपाने दाङ ३(१) बाट निर्वाचित भएका छन् ।

यस्तै बादशाह कुर्मी–बाँके ३(२), धनबहादुर केसी–रुकुमपूर्व १(२),जन्मजय तिमिल्सेना–बर्दिया २(१), धनेन्द्र कार्की–गुल्मी १(२) पनि पहिलो पटक प्रदेशसभा जाँदैछन् ।

माओवादीबाट २०७४ सालमा प्रदेशसभा सदस्य भएकामध्ये ४ जना यो पटक दोहोरिएका छन् । इन्द्र जित थारु –दाङ १(१),कृष्णा केसी–बाँके १(१),तुलाराम घर्ती–पाल्पा २(२) यो पटक पनि निर्वाचित भएका हुन् । माओवादीबाट बागी उम्मेदवारी दिएर रोल्पा १ (२) मा चुनाव लडेका दीपेन्द्र पुन पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट जोखबहादुर महरा–रोल्पा १(१) र धनबहादुर मास्की–दाङ ३(२) पहिलो पटक प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे–रुपन्देही ३(१) पनि दोस्रो कार्यकालका लागि प्रदेशसभामा जाँदैछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal