आज :

आफ्नो पार्टीले चुनावमा राम्रो नतिजा नल्याएपछि राष्ट्रपतिले चालिन यस्तो कदम, देशभर तरंग

  • अनलाइन डबली

एजेन्सी । स्थानीय चुनावमा आफ्नो पार्टी डेमोक्र्याटिक पिपुल्स पार्टी (डीपीपी) को कमजोर प्रदर्शनपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् ।

यी चुनावमा विपक्षी पार्टी कुओमिन्ताङ (केएमटी) ले राम्रो प्रदर्शन गरेको छ र राजधानी ताइपेई लगायत धेरै मुख्य शहरहरूमा जित हासिल गरेको छ ।

ताइवानमा भइरहेको यो निर्वाचनमा सारा विश्वको नजर थियो । ताइवानलाई लिएर पछिल्लो समय चीन र अमेरिका आमनेसामने भएका छन् र यो टापु विश्व राजनीतिमा चर्चाको केन्द्र बनेको छ ।

चीन र ताइवानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै राष्ट्रपति साइ इङ वेनले यस चुनावमा ‘लोकतन्त्रका लागि भोट’ भन्ने नारा दिएकी थिइन् ।

शनिबार नतिजा आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै साईले भनिन्, ‘चुनावको नतिजा हामीले सोचे जस्तो भएन । म यस परिणामको जिम्मेवारी लिन्छु र तत्काल प्रभावबाट डीपीपीको अध्यक्ष पदबाट राजीनामा दिन्छु ।’

स्थानीय परिषद् र शहरको मेयरको चुनावको केन्द्र घरेलु मुद्दा थिए जसमा अपराध, आवास र सामाजिक कल्याणजस्ता मुद्दालाई केन्द्रमा राखिएको थियो ।

यी निर्वाचनहरू कुनै पनि हिसाबले चीन वा परराष्ट्र नीतिसँग प्रत्यक्ष सरोकार नभए पनि देशको लोकतन्त्रका बारेमा सोचेर मतदान गर्न जनतालाई अपिल गरिएको थियो ।

यस्तै उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको अन्तिम लक्ष्य आणविक रुपमा विश्वको सबैभन्दा शक्ति सम्पन्न देश हुनु रहेको बताएका छन् ।

उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको हालै प्रक्षेपणमा संलग्न दर्जनौं सैन्य अधिकारीहरूलाई पदोन्नति गर्ने क्रममा किमले सो टिप्पणी गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन् ।

‘उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु हो’, किभले भने । उत्तर कोरियाली वैज्ञानिकहरूले बैलिस्टिक मिसाइलहरूमाथि परमाणु लगाउने प्रविधिको विकासमा एक अद्भुत छलाङ मारेको उनले बताए । तर, त्यसबारे उनले विस्तृत जानकारी भने दिएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal