आज :

लक्ष्मीसंग कति मतले पराजित भए माओवादी नेता गिरिराजमणि पोखरेल ? यस्तो आयो अन्तिम परिणाम

  • अनलाइन डबली

महोत्तरी । महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् ।

त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी हभएकी छिन् ।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।

त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख १ हजार ७९४ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७ र छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएको छ ।

राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेका जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले क्रमशः २ लाख २१ हजार ४२७ र २ लाख २० हजार ५२८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal