
काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको समानुपातिकको मत गणना जारी रहेको छ । आइतबार विहान ९ बजेसम्म नेकपा एमालेले २३ लाख मत कटाएर पहिलो स्थान कायमै गरेको छ । निर्वाचन आयोगका अनुसार एमालेले २३ लाख १ हजार ३२४ ल्याएको छ भने नेपाली काँग्रेसले पछ्यारहेको छ । काँग्रेसले २२ हजार ५ हजार १०२ मत पाएको छ ।
सुरुवाती चरणमा तेस्रोमा झरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले तेस्रो स्थानमा मत बढाउँदै लगेको छ । माओवादीले ९ लाख ६५ हजार ४१७ मत पाएको छ । त्यस्तै, रविको राष्ट्रिय स्वतन्त्र पार्टी चौंथोमा झरेको छ । उसले ९ हजार २२ हजार ४८९ मत पाएको छ । पाँचौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी उक्लिएको छ । अघिल्लो निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको राप्रपाले अहिलेसम्म ४ लाख ८६ हजार ७७२ पाइसकेको छ ।
त्यसैगरी जनता समाजवादी पार्टी, नेपालले २ लाख ८७ हजार ३२९ मत पाएको छ भने सिके राउतको जनमत पार्टीले २ लाख २१ हजार ४४८ मत पाएको छ ।
प्रत्यक्षतर्फ १० सिट जितेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि राष्ट्रिय पार्टी बन्ने लाइनमा पुगेको छ । उसले २ लाख २० हजार ५४७ मत पाएको छ । उसले पछिल्लो पटक मत बढाएको छ । नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ८१ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १९ हजार ४९२ मत पाएको छ ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीले ६९ हजार ९७८ मत पाएको छ भने हाम्रो नेपाली पार्टीले ४७ हजार ८५२ मत पाएको छ । प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय जनमोर्चाले ४३ हजार ११९ मत पाएको छ । मंगोल नेशनल अर्गनाइजेशनले ४३ हजार ५५ मत पाएको छ । नेपाल संघीय समाजवादी पार्टीले २८ हजार ५९० मत पाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माले) ले २४ हजार २७० मत पाएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले १७ जार ८६३ मत पाएको छ । जनता प्रगतिशिल पार्टी, नेपालले १५ हजार २०० मत पाएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४ हजार ४१४ मत पाएको छ । नेपाली काँग्रेस (बी.पी.)ले
१० हजार ५७६ मत पाएको छ ।
एकल चिन्ह बच्चा काखमा लिएकी आमा लिएका नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी लागेर १० हजार ४१३ मात्रै मत ल्याएका छन् । कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ९ हजार ३९४ पाएको छ । बहुजन एकता पार्टी नेपालले ८ हजार ७०१ मत पाएको छ । नेपाली जनता दलले ७ हजार ५७८ मत पाएको छ । साझा दल तथा समूहले पाँच हजार भन्दा मुनि मत पाएका छन् ।