आज :

समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, अरु दलको मत कति ?

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ ।

समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५ मत पाएको छ ।

पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४१ हजार ९६९, छैटौं स्थानमा रहेको जसपा नेपालले २ लाख ३८ हजार ८८७ मत र सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले एक लाख ८६ हजार १०८ मत पाएको छ ।

आठौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले एक लाख ६९ हजार ५०५, नवौं स्थानमा रहेको जनमत पार्टीले एक लाख ६६ हजार ३७० र दशौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १०२ मत पाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal