आज :

सुनसरी-४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एकाएक लिए अग्रता, कुसयै पछिपछि, ताजा अपडेट

  • अनलाइन डबली

सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्।

निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार उनले अग्रता लिएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसयैत हुन्।

कार्कीले ७५ मतले अग्रता लिएका हुन्। कार्कीले २१ हजार ६७८ मत पाएका छन्। यता कुसियैतले भने २१ हजार ६०३ मत पाएका छन्। यसअघि कुसियैत अगाडि थिए।

मोरङ प्रतिनिधि क्षेत्र नम्बर १ मा कांग्रेसका डिगबहादुर लिम्बुले अग्रता लिएका छन्। उनले नेकपा एमालेका घनश्याम खतिवडालाई पछि पारेका हुन्। पछिल्लो मत परिणाम अनुसार डिगबहादुरले २४ हजार २२८ मत पाएका छन्।

यता घनश्यामले २४ हजार १२६ मत पाएका छन्। डिगबहादुर १०२ मतले घनश्यामभन्दा अगाडि छन्। यसअघि यहाँ एमालेले अग्रता लिँदै आएको थियो।

यता बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उमेदवारको जमानत जफत भएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्रै पाएका छन्।

यो क्षेत्रमा राप्रपाका धवलशमशेर राणा विजयी भएका छन्। उनले २९ हजार ५ सय ७७ मत ल्याएका छन्। राप्रपाका राणालाई एमालेको समर्थन थियो।

दोस्रोमा रहेका जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार ५ सय २० मत ल्याएका छन्। स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो पार्टी थियो।

उसले यस क्षेत्रका वडाहरूमा १७ हजार १ सय ९५ मत ल्याएको थियो। समानुपातिक तर्फ भने कांग्रेसले १० हजार १ सय ९८ मत ल्याएको छ। यो क्षेत्रमा समानुपातिकतर्फ सबैभन्दा धेरै जसपाले २० हजार २ सय ५१ मत ल्याएको छ। दोस्रोमा रहेको राप्रपाले ११ हजार ३ सय ८० मत पाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal