आज :

समानुपातिकतर्फ घन्टीलाई उछिन्दै माओवादी तेस्रो नम्बरमा, कति मतले पछि पर्यो रविको पार्टी ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर नेकपा (माओवादी केन्द्र) तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको छ।

६७ लाख ७३ हजार २५७ मत गणना हुँदा माओवादीले रास्वपासँगको मतान्तर ८ हजारमा झारेको छ।

अहिले रास्वपाले ७ लाख ९५ हजार ३१७ अर्थात् ११.७४ प्रतिशत मत पाएको छ भने माओवादी केन्द्रले ७ लाख ८७ हजार ९८९ अर्थात् ११.६३ प्रतिशत मत पाएको छ।

समानुपातिकतर्फ काठमाडौं र सहरी क्षेत्रको मतगणना हुँदा रास्वपाले माओवादीलाई निरन्तर पछि पारेको थियो। पछिल्लो समय देशैभरिको मतगणना भइरहेकाले माओवादीले आफ्नो मत बढाएको हो।

यस्तै नेकपा (एकीकृत समाजवादी) समानुपातिकमा ३ प्रतिशत मत पाएर राष्ट्रिय पार्टी बन्नेतर्फ अग्रसर भएको छ। प्रतिनिधि सभामा १० वटा सिटमा जित निकालिसकेको एकीकृत समाजवादीले पछिल्लो समय समानुपातिकमा पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने देखिएको हो।

समानुपातिकतर्फको मतगणनामा सुरूमा निकै पछि परेको एकीकृत समाजवादीले शनिबार बिहानसम्म ६७ लाख २२ हजार ५५२ मत गणना हुँदा भने १ लाख ६७ हजार ६९१ अर्थात् २.४९ प्रतिशतभन्दा बढी मत पाएको छ।

९ लाख ५ हजार ७ सय ५५ मत गणना हुँदा एकीकृत समाजवादीलेले १.५८ प्रतिशत् अर्थात १४ हजार ३ सय ७३ मत मात्र पाएको थियो।

१९ लाख १२ हजार ७ सय ७२ सदर मत गणना हुँदा एकीकृत समाजवादीले ३२६८५ अर्थात् १.७० प्रतिशत मत पाएको थियो। अहिलेसम्म ३२ लाख १३ हजार मतगणना हुँदा एकीकृत समाजवादीले १.८ प्रतिशत मत पाएको थियो।

४८ लाख ६१ हजार ९१ मत गणना हुँदा १ लाख मत कटाएको एकीकृत समाजावादीले पछिल्लो समय १९ लाख मत गणनामा ६७ हजार मत आफ्नो पक्षमा पारेको देखिन्छ।

यो ट्रेन्ड हेर्दा देशभरिको मतगणना हुँदा एकीकृत समाजवादीले मत बढाउँदै लगेको देखिन्छ। प्रत्यक्षतर्फ पनि सहरमाभन्दा सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा धेरै सिट जितेको एकीकृत समाजवादीको मत अहिलेकै ट्रेन्डमा बढ्दै गए राष्ट्रिय पार्टी बन्ने देखिन्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal