आज :

कर्णाली प्रदेशमा एमाले शून्य ! कुन जिल्लामा कसले जिते ?

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले शून्य भएको छ । यो समाचार तयार पार्दासम्म प्रदेशका १० जिल्लामध्ये ८ जिल्लाकाे नजिता सार्वजनिक भइसकेको छ । एमालेले प्रतिनिधिसभामा खाता खोल्न सकेको छैन । हुम्लामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ ।

रुकुम पश्चिममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर भारी मतका साथ विजयी भएका छन् । प्रभाकरले ३९ हजार ५४९ मत ल्याएर विजयी भएका हुन् । प्रभाकरसँग प्रतिस्पर्धा गरेका एमालेका नन्दराम देवकोटाले १२ हाजर ९६१ मत मात्रै ल्याए । सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का प्रकाश ज्वाला ३५ हजार ७ सय मतसहित विजयी भएका छन् । यहाँ एमाले तेस्रो भएकाे छ । एमालेका राजेन्द्रवीर रायले १३ हाजर २९ मत मात्रै पाए ।

त्यसैगरी सुर्खेत निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का ४२ हाजर ६०७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाही ३० हाजर ९८८ मत पाए । त्यस्तै, सुर्खेतकै  निर्वाचन क्षेत्र २ मा काँग्रेसकै हृदयराम थानी ३४ हजार ६२५ मत ल्याए । एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाए । दैलेख – निर्वाचन क्षेत्र १ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अम्मरबहादुर थापा १८ हजार २९७ मत सहित विजयी भएका छन् । एमालेका रविन्द्रराज शर्माले १७ हजार ४४५ मत पाए । क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका दिक्पालकुमार शाही २० हजार १५८ मत ल्याए । एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार ५ मत ल्याए ।

त्यसैगरी जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हाजर १५१ मत ल्याएर विजयी भएका छन् । एमालेका निरजप्रसाद आचार्यले २५ हजार १२० मत ल्याए । कालिकोटबाट माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २३ हजार ७२७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका नगीन्द्र शाहीले १६ हजार ७१८ मत ल्याए ।

जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही २२ हजार ८१९ मतसहित विजयी भएका छन् । माओवादीकी गोमा गौतम (कुँवर) ले ११ हाजर ९५९ मत मात्रै ल्याइन् । यहाँ एमाले तेस्रो स्थानमा छ । एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत मात्रै पाएका छन् । अ

मुगु र डोल्पामा परिणाम आएको छैन । यहाँ पनि एमाले कमजोर भएकोले जित्ने सम्भावना कम रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal