आज :

३४ हजार मत गन्दा भगवती चौधरीको १४ हजार, गच्छदारको कति?

  • अनलाइन डबली

सुनसरी क्षेत्र नम्बर ३ मा ३४ हजार मत गणना गर्दा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन्।

यहाँ ९२ हजार मत खसेमा अझै ५८ हजार गन्न बाँकी छ। समानुपातिक र प्रदेशको समेत मतगणना एकसाथ भइरहेकाले ढिलाइ भएको निर्वाचन कार्यालयले जनाएको छ।

जारी मतगणनामा अहिलेसम्म १४ हजार ६ सय २४ मतका साथ भगवती चौधरी पहिलो स्थानमा कायम छिन् भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका विजय गच्छदारले १० हजार ३ सय ३० मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ४ हजार २ सय ९४ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चिह्न लिएर निर्वाचन लडेका कमलबाबु मैनाली तेस्रो स्थानमा छन्। उनले ४ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।

यता रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता कायमै राखेका छ्न् ।

निर्वाचन कार्यालयका अनुसार ७८४०४ मत गणना हुँदा राप्रपाका दीपक वोहोराले ३०५७७ मत प्राप्त गरेका छन् । खाणले २९२५५ मत प्राप्त गरेका छन्। यहाँ १३ सय २२ मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् ।

पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् । यद्यपि, निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।

स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।

यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङको उम्मेदवारी दर्ता भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो । पौडेलको यो निर्वाचन क्षेत्रमा चौथो जीत हो ।

अझै १५१२३ मत गणना गर्न बाँके रहेको छ। उता कांग्रेस नेतृ सुजाता कोइराला पराजित बनेकी छन् । मोरङ २ बाट उम्मेदवार रहेकी उनी एमालेका ऋषिकेश पोखरेलसँग पराजित बनेकी हुन् ।

ऋषिकेशले ३३ हजार १४८ मत पाउँदा सुजाताले ३१ हजार ९४० मत पाइन् । सुजाता कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाकी छोरी हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal