आज :

रवि लामिछाने सरकारमा जान कोसँग गर्दैछन गठबन्धन ? चुनाव जितेको ३ दिन नबित्दै गरे यस्तो घोषणा

  • अनलाइन डबली

चितवन । चुनाव जितेको ३ दिन नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जान सकिने संकेत गरेका छन् ।

उनले घुमाउरो शैलीमा आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर सरकारमा जान लागेको संकेत गरे ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जाने घोषणा गरेका छन्।

शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताएका हुन्।

‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेन तर भोलि देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन्छौं,’ उनले भने।

लामिछानेले आफूलाई जिताएको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने जनाए। लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक र जनजीविकाका लागि सँगै अघि बढ्ने बताए । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उनले बताए ।

उनले भने, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उनले बताए ।

कार्यक्रममा चितवन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र २ (२) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरू निरन्तर लाग्ने बताए ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal