आज :

एमालेका १५ पदाधिकारीमध्ये ५ ले जित्दा ५ हारे, अरु ५ जनाको अवस्था के ? हेर्नुहोस् ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १५ जना प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।

तर, निर्वाचनमा उम्मेदवार बनेकामध्ये धेरैजसो पदाधिकारी पराजित भएका छन् । अध्यक्ष ओली झापा–५ बाट निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट पराजित बने । ​

त्यसैगरी उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट पराजित भए भने उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेलको अन्तिम नतिजा आउन बाँकी नै छ ।

पौडेल रुपन्देही २ र नेम्वाङ इलाम २ बाट प्रतिस्पर्धामा छन् । जारी मत गणनामा पौडेल र नेम्वाङ दुवै झिनो मतलेमात्रै अग्रता बनाएका छन् ।अध्यक्ष ओली पछि शक्तिशाली पद मानिने महासचिव शंकर पोखरेल पनि यो निर्वाचनमा पराजित बनेका छन् ।

दाङ २ बाट निर्वाचन लडेका लुम्बिनी पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेललाई माओवादी केन्द्रकी नेतृ रेखा शर्माले पराजित गरिन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई गुल्मी २ बाट उम्मेदवार बनेका कांग्रेस नेता चन्द्र भण्डारीले हराउँदा अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ भने माओवादी केन्द्रका महासचिव देव गुरुङलाई हराउन सफल भएर लमजुङबाट निर्वाचित भएका छन् ।

एमालेका सात जना केन्द्रीय सचिव प्रत्यक्ष चुनावका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा टोपबहादुर रायमाझी अर्घाखाँची, गोकर्ण विष्ट गुल्मी २ र योगश भट्टराई ताप्लेजुङबाट निर्वाचित भएका छन् । अर्का सचिव लेखराज भट्ट कैलाली ४ बाट कांग्रसेका वीरबहादुर वलायरसँग पराजित बनेका छन् ।

बाँकी तीन जना सचिव छविलाल विश्वकर्मा रुपन्देही १, रघुवीर महासेठ धनुषा र पद्मा अर्याल स्याङजाबाट निर्वाचन लडेका छन् । त्याँहाको नतिजा आउन बाँकी नै रहेको छ ।

विश्वकर्मा घनश्याम भुसालसँग प्रतिस्पर्धा गरिरहेका छन् । जारी मत गणनामा उनले अग्रता बनाएका छन् तर महासेठले भने जित्ने सम्भावना टरिसकेको छ । अर्यालको क्षेत्रको मत गणना नै सुरु भएको छैन ।

अहिलेसम्मको अन्तिम नतिजाअनुसार पराजित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सचिव लेखराज भट्ट छन् ।

त्यस्तै जित निकाल्नेमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ​, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र टोपबहादुर रायमाझी छन् । ५ जना पदाधिकारी विष्णु पौडेल, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, पद्मा अर्याल र रघुवीर महासेठको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal