आज :

सुनसरी-३ मा विजयकुमार गच्छदारलाई कसले पार्दैछ निरन्तर पछि ? यस्तो आयो ताजा मतपरिणाम

  • अनलाइन डबली

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार निरन्तर पछि परेका छन्। प्राप्त पछिल्लो मतपरिणाममा उनी नेकपा एमालेकी भगवती चौधरीभन्दा ४ हजार बढी मतले पछि छन्।

ताजा मतपरिणाम अनुसार एमालेकी चौधरीले ११ हजार ७१६ मत ल्याउँदा गच्छदारले ७ हजार ३२३ मत प्राप्त गरेका छन्।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ४ हजार ८५५ मतसहित तेस्रो स्थानमा छन्।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका गच्छेदार विजयी भएका थिए। उनले एमालेकै भगवतीलाई हराएका थिए।

उता जनता समाजवादी पार्टी(जसपा) बाट वीरेन्द्र महतो र नेकपा एमालेबाट जुली महतोले निर्वाचन जितेसँगै दाजुबहिनी सँगै सांसद बन्ने भएका छन्।

वीरेन्द्र महतोले जसपा-एमाले गठबन्धनबाट सिराहा क्षेत्र नं ४ बाट निर्वाचन जितेका छन्। त्यस्तै जुली महतोले धनुषा ३ बाट एमाले-जसपा गठबन्धनबाट चुनाव जितेकी छन्।

दाजु जसपा र बहिनी एमालेमा आवद्ध रहे पनि यसपटक दुबैको एउटै गठबन्धन थियो। यसअघि दुवै जना एकपटक संसदमा पुगेका थिएनन्। यी दुईको अर्को संयोग पनि छ, दुबैले पहिलो पटक प्रत्यक्ष निर्वाचन जितेका हुन्।

एमालेकी जुली महतो २०६४ र २०७४ मा समानुपातिक सांसद बनेकी थिइन्। उनले २०७०मा भने निर्वाचन हारेकी थिइन्। जसपाका वीरेन्द्र महतो २०७० मा समानुपातिक सांसद बनेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal