आज :

रुकुम पश्चिममा अर्थमन्त्री प्रभाकर भारी मतान्तरसहित चौथाे पटक विजयी

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरसहित निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उपहासचिव समेत रहेका प्रभाकरले नेकपा एमालेका उम्मेदवार भन्दा  २६ हजार ५८८ बढी मत ल्याएका छन् ।

कुल ६० हजार ५३२ मत खसेको पश्चिम रुकुममा प्रभाकरले ३९ हजार ५४९ मत पाएका छन् भने एमालेका देवकोटाले १२ हजार ९६१ मत मात्रै पाएका छन् । प्रभाकरलाई हराउने भन्दै स्वतन्त्र उम्मेदवार दिएका तारक केसीले ३ हजार ५६७ मत मात्रै पाए । यसअघि २०६४,०७०,०७४ मा पनि भारी मतान्तरसहित प्रभाकर निर्वाचित भएका थिए।

प्रदेशसभाका दुबै क्षेत्रमा माओवादी उम्मेदवार भारी मतान्तरसहित विजयी भएका छन् । निर्वाचन कार्यालयका अनुसार (क) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मतसहित निर्वाचित भएका छन्। प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत मात्रै पाएका छन् ।

त्यसैगरी प्रदेशसभा (ख) मा राजकुमार शर्मा विजयी भएका छन् । उनले १२ हजार ८२ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गरेका छन् । शर्माले २० हजार १६० मत ल्याए विजयी भएका छन् भने एमालेका कर्ण बहादुर घर्ती मगरले ८ हजार ७८ मत पाए।

भरखरै प्राप्त समाचार अनुसार बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal