Skip
आज :

तारासँग कति मतले पराजित भइन विना मगर ? बाहिरियो अन्तिम मतपरिणाम

  • अनलाइन डबली

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ बाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार विना मगर पराजित भएकी छन् ।

पूर्वमन्त्री समेत रहेकी मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएकी हुन् । तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की मगरलाई चार हजार ९११ मतान्तरले पराजित गरेका छन् ।

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मतमा सीमित भइन् । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका तामाङ नेकपा एमाले विभाजनपछि नेकपा एकीकृतमा थिए । पछि उनी पुनः नेकपा एमालेमा फर्किएका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका ४ जना प्रदेशसभा सांसदले चुनाव जितेका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएर ४ जनाले चुनाव जितेको हुन् । लुम्बिनी प्रदेशको रुकुम पूर्वको प्रदेशसभा ‘क’ बाट तेजबहादुर ओलीलाई पार्टीले उम्मेदवार बनाएको थियो ।

सत्ता गठबन्धनको समेत समर्थनमा उम्मेदवार भएका ओली पार्टीकै बागी उम्मेदवार सरुल पुनमगरसँग पराजित भएका छन् । पार्टी निर्णयमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका सरुल भारी मतका साथ निर्वाचित भएका हुन् ।

यस्तै पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट माओवादी केन्द्रका बागी उम्मेदवार खड्ग बस्नेत निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट माओवादीका चिनक कुर्मीलाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै माओवादीका बस्नेतले बागी उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका कुर्मीलाई हराउँदै स्वतन्त्र उम्मेदवारी दिएका बस्नेत निर्वाचित भएका हुन् ।

रोल्पा प्रदेश सभा ‘ख’बाट दीपेन्द्र पुनले चुनाव जितेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका थिए । पार्टीको निर्णयको असन्तुष्टि जनाउँदै दीपेन्द्रले राजीनामा दिए स्वतन्त्र उम्मेदवारी दिएका थिए । अन्तमा: अमरसिंहलाई हराउँदै दीपेन्द्र निर्वाचित भए ।

मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’बाट पार्टीकै बागी उम्मेदवार जबाहरलाल कुशवाह निर्वाचित भएका छन् । एमालेका उम्मेदवार गणेश प्रसाईलाई पराजित गर्दै कुशवाह निर्वाचित भएका हुन् । सत्ता गठबन्धनबाट यस प्रदेशसभामा एकीकृत समाजवादीका डिल्ली उप्रेतीलाई उम्मेदवार बनाएको थियो ।

उनको विरुद्ध माओवादीबाट बागी उम्मेदवारी दिएका कुशवाह फराकिलो मत अन्तरले पराजित भएका छन् । अरु प्रदेशसभाको चुनावको नतिजा आउन बाँकी भएकाले अझ बढ्न सक्ने आकलन गरिएको छ । यसरी चुनाव जितेका पार्टीमा फर्किन्छ फर्किंदैनन् अहिल्यै भन्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal