आज :

चितवनमा जितको उत्सव मनाइरहेका रविलाई नवलपरासीबाट आयो दुखद खबर, फेरी १ सीट घट्ने निश्चित

  • अनलाइन डबली

काठमाडौँ । रवि लामिछाने यतिबेला चितवनमा जीतको उत्सव मनाइरहेका छन् । यहि बेला यता नवलपरासीबाट भने उनको लागि दुखद खबर प्राप्त भएको छ ।

नवलपरासी क्षेत्र नम्बर १ मा रविका उम्मेदवारलाई पछार्दै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले एकाएक अग्रता लिएका छन्। चौधरी २५७९३ मतसहित अघि छन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले लिड गरिरहेका थिए तर एकाएक आज उनी पछि परेका हुन् । उनले १२३५७ मत ल्याएका छन्।

उनलाई यो क्षेत्रमा जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले समेत पछि पारिसकेका छन् । त्रिपाठीको अहिले १९६६२ मत ल्याएका छन्। यहाँ मतगणना जारी छ।

उता रुपन्देहीको क्षेत्र नं. ३ मा नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वालकृष्ण खाँण बीच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।

उनीहरूबीच बिहीबार ५० देखि ३ सय सम्मको मतान्तर भइरहेको छ । कहिले खाँण त कहिले बोहरोले अग्रता लिइरहेका छन् । बिहीबार दिउँसोसम्म झिनो मतले खाँणले झिनो अग्रता लिइरहेका थिए भने अहिले बोहोरा अघि लागेका छन् ।

बोहोराले २१ हजार ८ सय २२ मत प्राप्त गरेका छन् भने खाँणले २१ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । अहिले २ सय ३१ मतले बोहोरा अघि लागेका छन ।

अझै करिब ३० हजार मत गन्न बाँकी रहेकाले जित कसको हुन्छ भन्ने आंकलन गर्न कठिन छ । उनीहरूबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ ।

त्यस्तै सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् ।
यहाँ ३१ हजार ६८२ मत खसेको थियो ।

जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका न् । यो उनको दोस्रो जित हो । विजयी विष्ट सुर्खेत जेलब्रेकका एक कमान्डर हुन् ।

उनी माओवादीभित्र युवा र ‘भिजनेवल’ छवी भएका नेता हुन् । विद्यार्थी छँदा देखिनै माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका विष्ट वि.सं २०३६ सालमा कालिकोटमा जन्मिएका हुन् । अहिले उनको स्थायी ठेगाना सुर्खेतको बराहताल गाउँपालिका –१ हो ।

स्नातक ( मानविकी तथा राजनीतिक शास्त्र) सम्म अध्ययन गरेका विष्ट माओवादीभित्र इमानदार, कर्तव्यनिष्ट र बौद्धिक नेताका रुपमा परिचित छन् । ०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए । ०५६ देखि उनले ०५८ माघ १ सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन् ।

मन्त्री विष्ट सहितको ०५८ सालमा भएको सुर्खेतको जेलब्रेकको घटना निकै चर्चित र रोचक थियो । सोही जेलब्रेकका उनी एक कमाण्डर समेत हुन् । अखिल क्रान्तिकारीको महासचिव हुँदै केन्द्रीय सदस्य समेत भएका उनी ०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भए ।

हाल माओवादीको केन्द्रीय सदस्य रहेका उनी ०७४ सोही क्षेत्रबाट १५ हजार ६४८ मतसहित विजय भएका थिए । प्रदेश सरकारको अर्थमन्त्री समेत भइसकेका उनी प्रदेश सरकारको मुख्यमन्त्रीको प्रमुख दाबेदारको रुपमा आफूलाई अगाडि बढाइरहेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal