आज :

कञ्चनपुर- १ मा प्रचण्ड बुहारी बिना मगरको अवस्था केछ ? यस्तो आयो ताजा मतपरिणाम

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कञ्चनपुर क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तारा लामा तामाङ १९७४९ मत ल्याई अग्रस्थानमा छन् ।

त्यस्तै उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार बीना मगर १४५३७ मतका साथ दोस्रो स्थानमा छिन् ।कञ्चनपुर- १ मा यसपटक बिना मगरको हार निश्चित भएको छ ।

यता कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले ३० हजार ४०४ मतसहित विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मतमै सीमित भए ।

एक लाख ६७ हजार ७०३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो भने तीन हजार २६८ मत बदर भएको छ । यस क्षेत्रको प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए । निकटतम् प्रतिस्पर्धी रावलले आठ हजार ५३ मत प्राप्त गरे । सो पार्टीले यसअघि कैलालीको निर्वाचन क्षेत्र नं. ३ मा पनि प्यानलसहित विजयी हासिल गरेको छ ।

यसैबीच खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई निर्वाचित भएका छन् । एमालेका पोलिटब्युरो सदस्य तथा एमालेका पूर्व प्रमुख सचेतक विशाल भट्टराईलाई २ हजार ६ सय ६९ को मतान्तरले पराजित गर्दै पराजित गर्दै माओवादीका राई निर्वाचित भएका हुन् ।

बिहीबार सकिएको मतगणनामा माओवादी केन्द्रका राईले ३१ हजार ३ सय ५१ मत ल्याएका थिए । एमालेका भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गरेका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका भट्टराई खोटाङबाट निर्वाचित भएका थिए । प्रतिनिधिसभामा उनले संसदीय दलको प्रमुख सचेतकको रूपमा काम गरेका थिए ।

यो निर्वाचन क्षेत्रमा जसपाका कृष्णकुमार राई १ हजार ९ सय १४ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए । राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७ सय ६१ मत ल्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal