आज :

देउवा सरकारका १३ मन्त्री, कसको अवस्था के छ ? यस्तो आयो चुनावी अपडेट

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका १९ सदस्यीय मन्त्रिमण्डलका १३ जनाले मात्रै टिकट पाएर चुनावी मैदानमा थिए ।

अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भइसकेका छन् । यस्तै नेपाली कांग्रेसका नेता एवम् उद्योग मन्त्री दिलेन्द्रप्रसाद बड् दार्चुलाबाट निर्वाचित भइसकेका छन् ।

माओवादीका नेता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल बाग्लुङ–२ बाट र एकीकृत समाजवादीका नेता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित भइसकेका छन् ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–३ बाट, अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्की सुनसरी ४ बाट , परराष्ट्र मन्त्री नारायण खड्का उदयपुर–१ बाट र सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ १ बाट अग्रता लिइरहेका छन् । खानेपानी मन्त्री उमाकान्त चौधरी बारा १ बाट र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज पराजयको नजिक पुगेका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, भूमि व्यवस्था सहरी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले टिकट पाएनन् ।

टिकट पाएका दुई मन्त्री पराजित भइसकेका छन् । पराजित हुने मन्त्रीमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र संस्कृति र पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराज श्रेष्ठ पराजित भइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal