आज :

हुम्लामा माओवादी केन्द्रका उम्मेदवारले मतान्तर फराकिलो बनाउँदै

  • अनलाइन डबली

सुर्खेत । हुम्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । मत गणनाको सुरुदेखि नै संघ र प्रदेशमा माओवादीको तर्फबाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका थिए । अहिले मतान्तर बढाउँदै लगेका छन् ।

प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (भोटे) ले २ हजार ९०८ मत पाएका छन् । उनले नेकपा एमालेका दल रावललाई पछि पारेका छन् । रावलले १ हजार ४ मत पाएका छन् ।

त्यसैगरी प्रदेशसभा (क)मा पनि माओवादीकै उम्मेदवारले अग्रता लिएका छन् । माओवादीबाट गठबन्धनका उम्मेदवार रणसिंह परियार १ हजार ९ सय मत पाएका छन् । उनलाई गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता मङग लबहादुर शाहीले पछ्याइरहेका छन् । शाहीले ३९५ मत मात्रै पाएका छन् ।

नेकपा एमालेका दल फडेराले ३५० मत पाएका छन् भने गठबन्धन दल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का हस्तबहादुर शाहीले १ सय दश मात्र पाएका छन् । एकीकृत समाजवादी गठबन्धन दल भएपनि हुम्लामा आफ्नै चुनाव चिह्नमा चुनाव लडाएको थियो ।

भाैगाेलिक विकटताका कारण मत पेटिका समयमा ल्याउन नसक्दा हुम्लामा बुधबार रातिबाट मात्रै मत गणना सुरू भएकाे थियाे । प्रदेशसभा ख काे मत गणना सुरू भएकाे छैन । साे क्षेत्रबाट गठबन्धनका तर्फबाट मुख्यमन्त्री समेत रहेका नेपाली काँग्रेसका जीवन बहादुर चुनाव लडेका छन् ।

भरखरै प्राप्त समाचार अनुसार नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

त्यसैगरी झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरे । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।

यसैगरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको भनाइ छ । एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार छ सय ४७ मत बदर छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal