काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त गर्दै बिजयी भएका हुन् ।
प्रचण्डका प्रतिस्र्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत मात्रै पाएका छन् । त्यस्तै, नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।
यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका हुन् ।
नेपालले ३३ हजार ५२२ मत ल्याएका छन् भने एमालेका गुप्ताले २६ हजार ९२२ मत पाएका छन् । यहाँ जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १ हजार ४११, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्रले ४५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरोजकुमारीले ३५३ मत पाएकी छिन् ।