काठमाडौं । सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन् ।
चौधरीले २४ हजार ८३८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गरे ।
सो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरे । साह २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
त्यस्तै, काभ्रे क्षेत्र नम्बर १ बाट नेकपा एमाले उम्मेदवार रेशम लामाले अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता सूर्यमान दोङलाई पछि पार्दै एमाले लामाले अग्रता लिएका हुन ।
लामाले ११ हजार २१७ मत ल्याउँदा दोङले ८ हजार ७२२ मत मात्रै ल्याएका छन् । लामा र दोङवीच २ हजार ४९५ मत अन्तर छ ।