आज :

मकवानपुर १ प्रदेश सभामा माओवादीका प्रेमबहादुर पुलामी विजयी

  • अनलाइन डबली

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु) विजयी भएका छन् ।

छिन्तुले १९ हजार ७१९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कमलबहादुर बिष्टले १५ हजार ३३२ मत पाए ।
मकवानपुर १९१० बाट प्रदेशसभा सदस्यका लागि २ स्वतन्त्र सहित १० जनाले उम्मेदवार प्रतिस्पर्धामा थिए ।

त्यस्तै, भोजपुरमा प्रदेशसभा (२) तर्फ नेपाली कांग्रेसका विनोद राई विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वान्तावाले नेकपा एमालेका खड्गबहादुर कार्कीलाई ७५१ मतान्तरले पराजित गरेका हुन् ।

राईले १३ हजार ५ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कार्कीले १२ हजार ८ सय २८ मत ल्याए ।

प्रदेशसभा २ मा २९ हजार ४ सय ७४ मत खसेको थियो । जसमध्ये सदर मत २८ हजार ३ सय २५ र बदर १ हजार १ सय ४९ रहेकोछ । आधिकारिक रुपमा विजयी घोषणा भने हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal