आज :

अछाम-१ प्रदेशसभा ख मा माओवादीका साउद विजयी, रावलले पनि मतान्तर फराकिलो बनाए  

  • अनलाइन डबली

अछाम । अछाम क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा ख मा नेकपा माओवादीका झपट साउद  तीन हजार बढी मतको अन्तरमा विजयी भएका छन् । विहीबार सम्पन्न मत गणना अनुसार साउदले १२ हजार ११५ मत सहित विजयी भएका हुन् । नेकपा एमालेका कृष्णप्रसाद जैसीले ९ हजार १९ मत मात्रै पाए ।

प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनकै उम्मेदवार विजयी भएका थिए । मत गणना सकिएका दुई प्रदेश र जारी रहेका क्षेत्रमा पनि गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् ।

यसैबीच भरखर प्राप्त मत परिणाम अनुसार अछामकै निर्वाचन क्षेत्र नम्बर-२ को क मा माओवादी केन्द्रका अक्कल बहादुर रावलले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । विहान ५ बजेकाे मत परिणाम अनुसार रावलले ८ हजार ७१५ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका भीम बहादुर विष्टले ६ हजार ८५५ मत पाएका छन् । रावलले १ हजार ८६० मतको अन्तर बनाएका छन् ।

यसैबीच जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत जुम्ला क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही २२ हजार ८१९ मत ल्याई विजयी भएका छन् ।

शाहीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार गोमा गौतम (कुँवर)लाई १० हजार ८६० मतान्तरले पराजित गरेका हुन् । पराजित गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।

भरखरै प्राप्त समाचार अनुसार धनुषा निर्वाचन– ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित भएका छन् । उनले १७ हजार २९ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा निर्वाचन क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेसकुमार ठाकुरले जानकारी दिए ।

यस क्षेत्रमा प्रतिनिधिसभामा भने एमाले उम्मेदवार जुलिकुमारी महतो अग्रस्थानमा छन् । उनले १८ हजार आठ सय ४८ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झा १३ हजार आठ सय ६५ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal