आज :

अछाम-२ प्रदेशसभा (क) मा मतान्तर बढाउँदै अक्कल रावल, ताजा अपडेट

धनगढी । अछाम क्षेत्र नं.२ प्रदेशसभा क मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अक्कल बहादुर रावलले मतान्तर बढाउँदै लगेका छन् । बुधबार साँझबाट मत गणना सुरु हुँदा नै अग्रता लिएका रावलले राति १२ः४६ बजे मतान्तर बढाएका छन् ।

निर्वाचन अधिकृतकाे कार्यालय अछामले सार्वजनिक गरेको मत परिणाम अनुसार कुल खसेको २० हजार ७२२ मतमध्ये राति १२ः४६ सम्म ८ हजार ६९४ मत गणना भएको छ । जसमा रावलले ४ हजार २७४ मतसहित अग्रता लिएका छन् ।

मतगणना स्थलमा रहेका पत्रकार रमेश रावतका अनुसार नेकपा एमालेका उम्मेदवार भीमबहादुर विष्टले ४ हजार ३५ मतसहित पछ्याइरहेका छन् । रावलले २३९ मतले अग्रता लिएका छन् भने ३८५ मत बदर भएका छन् ।

त्यस्तै क्षेत्र नं. १ को प्रदेशसभा क मा गठबन्धनका उम्मेदवार मेघ राज खडका विजयी भएका छन् । नेपाली काँग्रेसका नेता खड्काले १२ हजार ३३७ पाएका छन् । नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४९७ मात्रै पाए ।

त्यसैगरी प्रदेशसभा ख मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता झपट साउदले अग्रता कायमै राखेका छन् । साउदले नेकपा एमालेका कृष्णप्रसाद जैसीलाई दुई हजार बढी मतले पछि पारेका छन् । साउदले ८ हजार १३ मत पाउँदा जैसीले ५ हजार ६३० मत पाएका छन् ।

यसैबीच पर्सा-३ मा एमालेका राजकुमार गुप्ता विजयी भएका छन् । गुप्ताले कांग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ५१ मतले पराजित गरेका हुन् । गुप्ताले २४ हजार २ सय ६० मत ल्याएका छन् । चौधरीले २४ हजार १ सय ९ मत ल्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal