आज :

जनयुद्धको आधारभूमी रोल्पाबाट माओवादी नेता वर्षमान पुन ४१ हजार बढी मत ल्याएर विजयी

  • अनलाइन डबली

काठमाडौं । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ विजयी भएका छन्। पुनले ४१ हजार ७१४ मत ल्याएर विजयी भएका छन् । नेकपा एमालेका पूर्ण बुढामगरलाई २५ हजार२२९ मतको अन्तरमा पराजित गर्दै पुन विजयी भएका हुन् ।

बुढामगरले १६ हजार ४८५ ल्याएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लीला रावलले २ हजार ५५६ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राम बहादुर वली क्षेत्रीले ८०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका नाती भाइ ह्‍योम्बाले १५२ मत मात्रै पाए ।

यसैबीच प्रतिनिधिसभा अन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

गुप्ताले २४ हजार २६० मत प्राप्त गर्दा चौधरीले २४ हजार १०९ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमका हरिनारायण रौनियार निर्वाचित भएका थिए ।

त्यस्तै झापा – २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।

घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार। माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal