आज :

झापा-२ मा स्वागत नेपाललाई कसले पछार्यो ? घिमिरेसंग कति मतले हारे ?

  • अनलाइन डबली

झापा । झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बुधबार सम्पन्न मत गणना अनुसार घिमिरे निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका छन् भने नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे । एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज ६६ वर्षीय घिमिरे पूर्व राष्ट्रियसभा सदस्य समेत हुन् ।

यसैबीच कर्णाली प्रदेशका सबैजसो जिल्लामा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा अन्तर्गत १० जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ भने सुर्खेत–२ मा सम्पन्न भइसकेको छ ।

हुम्लामा मतगणना सुरु गर्ने तयारी भइरहेको छ । त्यहाँ कुन क्षेत्रबाट मतगणना गर्ने भन्नेबारे छलफल जारी छ । मतगणना जारी भएका अधिकांश क्षेत्रमा सत्तारुढ गठबन्धनका नेताहरूले लिड गरिरहेका छन् ।

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले निरन्तर अग्रता कायम राखेका छन् । ३६ हजार ३१ मतगणना गर्दा शाहीले १८ हजार २५ मत प्राप्त गरेका छन् भने माओवादीकी गोमा गौतम कुँवरले ९ हजार ६६७ मत पाएकी छन् ।

यहाँ एमालेका रतननाथ योगीले ५ हजार १४७ र नेमकिपाका डिल्ली काफ्लेले ८०३ मत प्राप्त गरेका छन् । अब यहाँ करिब ९ हजार मतगणना बाँकी छ । कालिकोटमा एमाले र नेकपा माओवादीबीच कडा टक्कर भइरहेको छ ।

मतगणना जारी रहेको दैलेख क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले लिड गरिरहेका छन् । थापाले १६ हजार १४४ मत ल्याउँदा एमालेका रविन्द्रराज शर्माले १५ हजार ८०२ मत प्राप्त गरेका छन् । थापा सत्तारुढ गठबन्धनको बलमा जित उन्मुख देखिएका छन् भने राप्रपा महामन्त्री कुन्ती शाही ४ हजार ४०० मतमा सीमित छन् ।

दैलेख–२ मा भने अहिले विवादका कारण मतगणना रोकिएको छ । यद्यपि यहाँ गठबन्धनका तर्फबाट कांग्रेसका दीक्पाल कुमार शाहीले लिड गरिरहेका छन् । कांग्रेस उपसभापति पुर्णबहादुर खड्काको क्षेत्रमा खड्का निरन्तर अगाडि छन् ।

पछिल्लो नतिजा अनुसार उनको निर्वाचन क्षेत्र सुर्खेत १ मा १७ हजार ६७९ मतगणना भएको छ । जसमा खड्काले ९ हजार ४९६ मत पाउँदा एमालेका ध्रुव कुमार शाहीले ७ हजार २९३ मत पाएका छन् ।

जाजरकोटमा माओवादी नेता शक्ति बस्नेतको अग्रता कायमै छ । उनी पनि जित उन्मुख नै देखिएका छन् । पछिल्लो परिणाम अनुसार बस्नेतले २५ हजार ३९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका निरज प्रसाद आचार्यले १७ हजार ७५२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ९९० मत पाएका छन् ।

कालिकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ५८० मतान्तरले अग्रता कायम गरेका छन् । उनले ५ हजार ९५४ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका नगीन्द्रबहादुर शाहीले ५ हजार ३७४ मत प्राप्त गरेका छन् ।

रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले अगाडि छन् । अहिलेसम्म गणना भएको १७ हजार ९३० मतमध्ये शर्माले ११ हजार ३५७ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटा ४ हजार ४९८ मतमा सीमित छन् भने राप्रपाका दिपक मल्ल ४११ र स्वतन्त्र उम्मेदवार तारक केसीले ९१० मत पाएका छन् ।

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाले ४३५ मतल्याएर लिड गरिरहेका छन् । उनका प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीले २३७ र राप्रपाका अङ्गद बुढाले ११० मत ल्याएका छन् । सल्यानमा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला जित उन्मुख छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई १२ हजार ६५१ मतान्तरले पछि पारिरहेका छन् ।

पछिल्लो नतिजा अनुसार ज्वालाले २९ हजार ३२४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १६ हजार ६७३ र एमालेका राजेन्द्रवीर रायले ९ हजार ९१० मत प्राप्त गरेका छन् । मुगुमा मतगणना जारी रहे पनि अहिलेसम्म नतिजा बाहिर आएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal